प्रदेश प्रमुख पौडेललाई पत्र पठाउँदै राजमो सांसद थापाले भने, ‘म तटस्थ छु’

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय जनमोर्चा पार्टीले कारबाही गर्दै संसदीय दलको नेताबाट हटाएपछि सांसद कृष्ण थापाले आफू तटस्थ रहेको बताएका छन् । आफू पार्टीको कामले बाग्लुङ गएको बताउँदै आफूलाई संसदीय दलको नेताबाट हटाउनु गैरसंवैधानिक रहेको बताएका छन् ।
प्रदेश प्रमुख सीता पौडेललाई पत्र पठाउँदै उनले आफूलाई दलको नेताबाट हटाइएकोमा ध्यानाकर्षण भएको बताएका छन् । उनले यस्तो किर्ते कार्यलाई वैधानिक नदिन प्रदेश प्रमुखसँग अनुरोध गरेका छन् । बुधबार राजमोको बैठकले उनलाई दलको नेताबाट हटाएको सचेतक पियारी थापाले बताएकी छन् । चार दलको गठबन्धनलाई सहयोग नगरेको, पार्टीको निर्देशन नटेरेको भन्दै महासचिव मनोज भट्टको नेतृत्वमा बैठक बसी कारबाही गरेको हो । कारबाहीको पत्र प्रदेशसभा सचिवालयमा बुझाइसकिएको राजमोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *