केहीदिनदेखी निरन्तर परेको अविरल बर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरोले क्षति पु¥याएको छ । क्षतिग्रष्त जिल्लामा उद्धार र राहतमा कुनै कसुर बा“की नराख्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले निर्देशन दिएका छन् । पछिल्ला दिनमा कास्की, पर्वत सहितका जिल्लामा बाढी पहिरोले बढी क्षति पुगेको बताउदै मुख्यमन्त्री नेपालीले शुक्रबार आकस्मात प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको वैठक राखेका थिए । वैठकमा उनले जिल्ला र स्थानीय तहका विपद व्यवस्थापन समितिलाई निर्देशन दिएका हुन् ।
वैठकमा सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सचिव र मातहतका सबै निकायलाई समेत निर्देशन गरेका हुन् । विपद व्यवस्थापनको काम ३ तहकै सरकारको समन्वयमा हुने भएकाले पीडितले महसुस गर्ने गरी काम गर्न उनले आग्रह गरे । प्रदेश सरकारले विपद्मा निधन भएका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैया“, बेपत्ताका परिवारलाई पनि १ लाख रुपैया“ दिने गरी कार्यविधि बनाएको छ । यसैगरी खाद्यान्नका लागि १५ हजार, अस्थायी आवासका लागि २५ हजार र उपचार खर्च ५० हजार रुपैया“सम्म प्रदेशले बेहोर्छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै राहत विपतरणको काम हुने र त्यसका लागि रकम समेत गइसकेको मुख्यमन्त्रीले बताए ।
मुख्यमन्त्री पोखरेलले पीडित र पीडितको परिवारबाट लगातार गुनासो आउँदा कतै उनीहरुले राहत नपाएको हो कि भन्ने अनुभूति भएको वैठकमा बताएका थिए । ‘विपदमा परेकालाई तत्काल सम्बोधन गर्न सकिएन भने त्यसको अर्थ रहदैन’ उनले भने, ‘त्यसैले ढिलासुस्ती गर्ने छुट छैन ।’ जिल्ला प्रशासनबाट राहत रकम वितरणको रेकर्ड पनि नियमित रुपमा लिन उनले प्रमुख सचिवलाई निर्देशन दिए । पहिरोले सडकमा क्षति पु¥याएर यातायात बन्द भएको ठाउ“मा तत्काल डोजर पठाएर यातायात चलाउन मुख्यमन्त्रीले भौतिक पूर्वाधार सचिवलाई निर्देशन दिएका छन् । बाढी पहिरोमा परेर बिहीबार र शुक्रबार मात्रै कास्की र पर्वतमा १८ जनाको मृत्यु भएको छ । असार यता मात्रै बाढी पहिरोमा गण्डकीमा ३४ जनाले ज्यान ग्ुमाएका छन् भने ८ जना बेपत्ता भएका छन् । प्रमुख सचिव डा. दामोदर रेग्मीले मृत्तकका परिवारलाई समवेदना दिन घरमै पुगेको र घाइतेहरुको उपचार भइरहेको, बाटो नभएर खाद्यान्न नपुगेका स्थानमा हेलिकोप्टरबाटै भएपनि खाद्यान्न लैजाने काम भइरहेको जानकारी गराए । बैठकमा प्रदेश वन तथा वातावरण मन्त्री दीपक थापाले जताततैबाट दुख घटनाका बारेमा समाचार आइरहेको भन्दै तत्काल उद्धार र राहतमै आफूहरु केन्द्रित रहेको बताए ।
।