
फिल्मकर्मी चेतन कार्की निधन भएको छ । आइतबार बिहान काठमाडौंको आर्मी अस्पतालमा ८३ वर्षिय कार्कीको कोभिडका कारण निधन भएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार उनको बिहान १०बजेर ५० मिनेट मा निधन भएको हो ।
फिल्म निर्देशक प्रकाश सायमीका अनुसार कोभिड पोजेटिभ देखिएपछि गत सोमबार राती उनलाई अस्पताल भर्ना गरिएको थियो । कार्की पटकथाकार र गीतकारका रुपमा पनि स्थापित थिए । उहाँ नेपाली फिल्म क्षेत्रमा पटकथा लेख्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो, सायमीले भने । कार्कीले हिरासिंह खत्रीले निर्देशन गरेको परिवर्तनुको पटकथा र गीत लेखेका थिए । १९९५ मा स्याङ्जामा जन्मिएका कार्की नेपाली फिल्म र कलाको इतिहासका ज्ञाताका रुपमा चिनिन्थे । कार्कीको अन्त्योस्टी आइतबार दिउँसो २ बजे गरिने बताइएको छ । उनका श्रीमती र दुई छोरा छन् । उनले लेखेको फिल्म गीत तीजको लहर आयो बरिलैु फिल्मको सबभन्दा चलेको सदाबहार गीत भएको सायमी बताउँछन् ।कार्कीले विश्वासु, भूमरीु र पहिलो प्रेमु निर्देशन गरेका गरेका थिए । फिल्म कान्छीुको कान्छी हे कान्छीु, यी ओठ तिम्राु, माया पिरतीुको माया पिरतीको चोखो कथा, परिवर्तनुको ‘बैनीको दया छ भने’ गीत कार्कीले लेखेका थिए ।
कार्कीको निधनपछि उनलाई फिल्मकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् । निर्देशक एवं कलाकार नीर शाहले लेखेका छन्, फिल्म क्षेत्रको जिउँदो इतिहास, आदरणीय चेतन दाइको आज दुखद् अन्त्य भएको छ । चेतन दाइ फिल्म क्षेत्रको अर्को नाम हो । बिदाई चेतन दाइ, हजुरका सिद्धान्तलाई सँधै पछ्याउनेछु । तपाईंको आत्माले शान्ति पाओस् ।
निर्देशक एवं गीतकार यादव खरेलले कार्की आफ्नो समकानीन साथी भएको फेसबुकको पोस्टमा उल्लेख गरेका छन् । मेरो समकालीन साथी चेतन कार्कीको दुखत निधनप्रति हार्दिक संवेदनन । हामीले शाही नेपाली चलचित्र संस्थानमा सँगै काम गरेका थियौं । उनको आत्माले शान्ति पाओस् ।