प्रतिपत्रभारतले नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दोहोरो अग्रता लिए पनि नेपालले १ गोल फर्काउन सफल भएको छ । नेपालका लागि ८६ मिनेटमा तेज तामाङले गोल गरेका छन् ।
भारतका लागि खेलको ६२ औं मिनेटमा जर्सी नम्बर १२ का फारुक हाजी कासम चौधरीले पहिलो गोल गरेका थिए । यस्तै दोस्रो गोल भारतका कप्तान सुनिल क्षेत्रीले ८० मिनेटमा गरेका थिए ।
नेपाल र भारतबीच दशरथ रंगशालमा भइरहेको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीको स्थितिमा रहेको थियो । नेपालले पहिलो खेलको तुलनामा सुधारिएको प्रदर्शन गरेको छ र भारतमाथि लगातार दबाब सिर्जना गरिरहेको छ ।
नेपाल र भारत बीचको पहिलो खेलमा १(१ गोलको बराबरी भएको थियो । कान्तिपुरबाट साभार ।
Post Views: 29