मतदान गर्न जानेबेला अचानक बिरामी भएँ, अस्पताल लैजाने क्रममा बेहोस भएछु : सांसद शाही

Share this post :

Facebook
Twitter
WhatsApp

‘अविश्वास प्रस्तावबारे पार्टीको निर्णयप्रति प्रतिबद्ध छु । म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले अविश्वासको प्रस्तावमा मतदान गर्न सदनमा जान तयारी हुँदा अचनाक बिरामी भई अस्पताल लैजाँदै गर्दा बेहोस भएको बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै सांसद शाहीले सदनमा जाने तयारी अवस्थामा नै अचानक बिरामी भएपछि भाइलाई सम्पर्क गरेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बेहोस भएको बताएका हुन् ।

त्यस्तै शाहीले पार्टी निर्णयप्रति आफ्नो प्रतिबद्धता कायमै रहेको बताएका छन् । पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत उनले पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहभागिता रहेका कारण ती निर्णयप्रति सहमति रहको जनाएका हुन् । उनले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने दिन सदनमा जाने तयारी गरेको अवस्थामा अचानक बिरामी भएको विज्ञप्तीमा उल्लेख गरेका छन् । ‘मेरो आफ्नै भाइ (जुनविक्रम शाही) लाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु, विज्ञप्तीमा उनले भनेका छन्, ‘म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *