महिला टी(२० विश्वकप छनोट) मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा

Share this post :

Facebook
Twitter
WhatsApp

आईसीसी महिला टी२० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा शुक्रबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।
लगातार तेस्रो जितपछि ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लेको छ । युएई समान अंक भएपनि नेट रनरेटमा अघि रहँदै नेपाल शीर्ष स्थानमा उक्लेको हो। युएईले आजै कुवेतसँग खेल्दैछ ।
दुबईस्थित आइसीसी एकेडेमी मैदानमा भएको खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८।२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालको लागी सीता राना मगरले ३०, कप्तान रुबिना क्षेत्रीले २० र कविता कुँवरले १० रन बनाए । सरिता मगरले अवपजित १५ रन जोडिन् । नेपालका ३ खेलाडी रनआउटको शिकार हुँदा मलेसियाका अईसा एलिसाले १ विकेट लिइन् ।
नेपालले टस जितेर बलिङ रोज्दै मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो । जसमा मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो। मलेसियाका लागि एल्सा हन्टरले अविजित रहँदै सर्वाधिक ३९ रन बनाइन्। नेपालका लागि सबनम राईले २ तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले समान १ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *