मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई दावी गर्दै गठबन्धनले बुझायो प्रदेश प्रमुखलाई पत्र

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई दावी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले प्रदेश प्रमुख सीता पौडेल समक्ष पत्र बुझाएको छ । 

अविश्वासको प्रस्ताव संसदबाट सामना गर्नुअघि नै वैशाख २६ मा मुख्यमन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिँदै बहुमतको सरकार गठनका लागि आह्रवान गरेकी थिइन् । उनले दिएको समय बुधबार ४ बजे सकिन्छ । तोकिएको समयभित्रै चार दलको गठबन्धनले पत्र बुझाएको हो ।

पोखराको शहीदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका दलका नेता हरिबहादुर चुमान, जसपाकी धनमाया लामालगायतका सांसदको उपस्थितिमा पत्र बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *