
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको स्वाब परीक्षणमा उनलाई कोरोना पोजेटीभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार मंगलबार गराएको एन्टिजेन परीक्षण पनि पोजेटीभ देखिएको थियो । मुख्यमन्त्री अहिले आफ्नै सरकारी निवासमा आइसोलेसनमा बसेका छन् । प्रेस संयोजक न्यौपानेलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । तीनदिन देखी उनी पनि होम आइसोलेसनमा छन् । मुख्यमन्त्री न्यौपानेकै कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । मुख्यमन्त्री प्रदेश सभाको सचिवालयमा मंगलबार सर्वदलीय वैठकमा पनि सहभागी भएका थिए ।
Post Views: 30