गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईबीच मंगलबार पोखरामा भेटवार्ता भएको छ । भेटघाटको क्रममा गण्डकी प्रदेशको विकास र घटनाक्रमको बारेमा छलफल गरिएको थियो । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईसंग पार्टीका गण्डकी प्रदेश संयोजक मोति रिजाल, गण्डकीका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य थिए ।
मुख्यमन्त्री निवासमै भएको भेटघाटमा भट्टराईले प्रदेशमा नयाँ सरकार गठन भएपछि विकसित घटना र कार्यप्रगतिका बारेमा जानकारी दिए । छलफलमा विशेष राजनीतिक परिवेशमा प्रदेश र संघमा गठबन्धनको सरकार बनेको र सानातिना मतभेदलाई पन्छ्याउदै अगाडी बढ्नुपर्नेमा जोड दिइएको थियो । गण्डकी प्रदेशमा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि जेठ २९ मा नेपाली कांग्रेका कृष्णचन्द्र नेपालीको नेतृत्वमा गठवन्धन सरकार बनेको हो । गठवन्धनमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री पोखरेलले छोटो अवधिमा नीति तथा कार्यक्रम र बजेट ल्याउ“दा कतिपय त्रुटि र कमजोरी रहेको बताए ।
त्रुटी र कमजोरीलाई सच्याउदै अगाडि बढ्नुपर्ने अवस्था रहेको मुख्यमन्त्रीको भनाई थियो । बहुवर्षे योजनाका कारण विकासको धेरै बजेट चलाउन नपाउने अवस्था रहेको भन्दै मुख्यमन्त्रीले बा“की रकमबाट बजेट बनाउँदा कतिपय सालबसाली योजना छुटेको बताए । प्रदेशको क्षमता अनुसारका योजना अगाडि बढाउनका लागि काम सुरु भइसकेको र केही ठूला योजनाका लागि संघ सरकारबाट थप रकमको अपेक्षा गरिएको मुख्यमन्त्री नेपालीले बताए । बाढीपहिरोका कारण अहिले प्रदेशका ११ वटै जिल्ला प्रभावित भएकाले तत्काल राहत र उद्धारका काम भइरहेको र ठूला संरचनामा पुगेको क्षति पुनर्निर्मााणका लागि संघ सरकारको भर परेको मुख्यमन्त्री नेपालीको भनाई थियो । पूर्व प्रधानमन्त्री भट्टराईले गठबन्धलाई अझै दरिलो कसरी बनाउने भन्ने बारेमा आफूहरुले निरन्तर छलफल गरिरहेको बताए । यो सरकारलाई असफल हुने छुट नरहेको भन्दै उनले ससाना मतभेदलाई भित्रै मिलाएर लैजान सुझाए । नागरिकका अपेक्षा अत्यधिक रहेको अवस्थामा प्राथमिकता निर्धारण गरेर जान मुख्यमन्त्रीलाई उनले सुझाव दिएका छन् ।