कोरोना संक्रमितका केश सिरियस आउँछन् । निको बनाएर घर फर्काउन पाउँदा सन्तुष्टि मिल्छ ।

पेटमा ७ महिनाको बच्चा । उनलाई कोरोना पोजेटिभ देखियो । उपचारको लागि पोखराका दुईवटा नीजि अस्पताल चाहारिन् । दिनभरी अस्पताल चाहारदा पनि उनले उपचार पाउन सकिनन् । वेड खाली छैन, कहाँ उपचार गर्ने ? चिकित्सकबाट यस्तो जवाफ पाइन् । उपचारको आशले केही दिनअघि जोखिम मोल्दै लेखनाथस्थित संक्रामण तथा सरुवा रोग अस्पताल पुगिन् ।
जहाँ गण्डकी प्रदेश सरकारले सरुवा रोगका विरामीलाई मात्र उपचार गर्न अस्पताल निर्माण गरेको थियो । डा विकास गौचनले ती २७ बर्षिया महिलाको लागि वेड खाली गराए । उपचार गरे । उनी अहिले निको भएर घर फर्किएकी छन् । ‘साह्रै सिरियस केश हो उहाँको’ डा गौचन भन्छन, ‘हामीले पनि आश मारेका थियौ । तर, हिम्मत हारेका थिएनौ । बचाउन कसरी सकिन्छ ? रातदिन उपचारमा खटियौ । उपचारपछि अहिले उहाँ निको भएर घर फर्किनु भएको छ ।’ विरामीलाई मृत्युको मुखबाट बचाएर घर पठाउन पाउँदा निकै सन्तुष्टि मिल्ने उनी बताउँछन् । सो अस्पतालका कार्यकारी निर्देशक समेत रहेका गौचन कोरोना संक्रमितको उपचारमा खटिदै आएका छन् ।
घरमा सानो बच्चा । सुत्केरी श्रीमती । बृद्ध भएका बाबुआमालाई समेत कोरोनाको जोखिमा राख्दै संक्रमितको हेरचाहमा खटिएका छन् डा गौचन । भन्छन, ‘विरामीको नजरमा हामी (डाक्टर) भगवान हौ । हामी पनि विरामीलाई भगवान सम्झिएर सेवा गर्छौ । उहाँहरुको अनुहारमा खुशि देखिएपछि हामीलाई पनि सन्तुष्टि मिल्छ ।’ उनले परिवारलाई जोखिम हुन्छ की भन्ने भावना नलिई विरामीको सेवामा खटिएको बताउछन् । २४ घण्टामा उनी १८ घण्टा अस्पतालमै हुन्छन् । ‘कहिलेकाँही १५÷१६ घण्टा डियुटी हुन्छ’ उनले भने, ‘आवश्यकता अनुसार चिकित्सक हुनुहुन्न । यसकारण एउटैले धेरै समय दिनुपर्छ ।’ डियुटीपछिको समय उनी घर पुग्छन् । ‘घर नजाउँ यहाँ विरामीको अनुहार हेर्दा जान मन लाग्छ । जाउँ भने मेरो कारण परिवारलाई पनि जोखिम हुन्छ ।’ उनले भने । कोरोना महामारीको यो बेला आफू मात्र नभई घर परिवार नै उच्च जोखिममा रहेको उनले बताए । उनी गत पुषदेखी यस सरुवा रोग अस्पतालमा कार्यरत छन् ।
यसभन्दा अघि आछमको बयलपाटा अस्पतालमा कार्यरत थिए उनी । पहिलो चरणको कोरोनामा आफू पनि संक्रमित भएको बताउदै उनले भने, ‘पहिला साह्रै डर लाग्थ्यो । आज भोली बानी परिएको छ । विरामीको सेवामा नै खुशी हुन्छु ।’ कम जनशक्ति, उपकरणको अभावका बावजुद पनि कोरोना संक्रमितको उपचार गर्न पाउँदा सन्तुष्टि मिल्ने उनको भनाई छ । वैशाखमा मात्र यस अस्पतालमा एकसय ६० जना संक्रमित भर्ना भए । जेठ ४ मा यहाँ ५४ जना संक्रमित छन् । यसभन्दा पहिले सामाजिक विकासमन्त्री नरदेवी पुन र सोही मन्त्रालयका सचिव समेत यही उपचार गरेर निको भएका थिए । अन्य विरामीसंगै गौचन अहिले मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको उपचारमा पनि खटिएका छन् । गरिबदेखी धनी र जनतादेखी नेतासम्म उपचार गर्न पाउँदा सन्तुष्टि रहेको उनी बताउँछन् । डाक्टर, नर्स, सहयोगी लगायत अहिले यस अस्पतालमा जम्मा ३८ जना कार्यरत छन् । कोरोना भाइरसको लक्षण देखिएपनि परीक्षण गराउन ढिला गर्ने र उपचारको लागि समयमै अस्पताल नआउने विरामीको अवस्था गम्भिर रहेको गौचनको भनाई छ । ‘कोरोना मात्र लागेका विरामी कोही हुनुहुन्न’ गौचनले भने, ‘अधिकाशं दीर्घरोगीलाई कोरोना पोजेटीभ देखिएको हुन्छ । कोरोना संक्रमित व्यक्तिलाई पहिलै निमोनियाँ, जण्डिस, मृगौलाको समस्या छ । जसले गर्दा जोखिम बढी हुन्छ ।’ दीर्घरोगीका विरामीको उपचार निकै चुनौतिपूर्ण हुने उनको भनाई थियो ।

‘२४ घण्टा विरामीकै उपचारमा खटिदा पनि बचाउन नक्दा आत्म गलानी हुन्छ’ उनले भने, ‘बढी पीडा त तव हुन्छ, जव कोरोना बाहेक अन्य रोगको उपचार गर्न पाउदैनौ ।’ उनले कोरोना पोजेटीभ देखिएपछि उपचारमा आएका एक बृद्धलाई मृगौलाको उपचार गर्न नपाउँदा मृत्यु भएको घटना सुनाए । ‘त्यो बेला साह्रै पीडा भयो’ गम्भिर हुदै उनले दोहो¥याए, ‘मृगौलाको समस्या रहेछ । मृगौलाको रोगले गालीसकेको थियो । त्यसमाथी कोरोनाले पनि गालीसकेको थियो । कोरोनाको उपचार त ग¥यौ तर, मृगौलाको उपचार गर्न पाएनौ । मृगौला रोगले झन् पीडा दियो । यत्तिकैमा उहाँको मृत्यु भयो ।’ लामो प्रयास गर्दा पनि बचाउन नसकेको प्रति उनी दुखी भए । दोस्रो लहरको कोरोनामा चिकित्सकको पनि मनोबल घटेको उनी बताउँछन् । कोरोना संक्रमितको मृत्युदर बढ्दै गएपछि काम गर्ने सहकर्मीको पनि मनोबल घटेको उनले बताए । पिपिई, मास्क, ग्लोब तरिका मिलाएर लगाउन जाने आफूलाई संक्रमण हुदैन भन्दै स्वास्थ्यकर्मीको मनोबल बढाउने काम गरेको उनी बताउछन् । बालबालिका, युवायुवती, बृद्धबृद्धा जुनसुकै उमेरकालाई पनि कोरोना संक्रमण बढ्दो रहेको उनले बताए । ‘८६÷८७ बर्षका विरामी निको भएर खुशी हुदै घर फर्किनुहुन्छ’ गौचन भन्छन, ‘तपाईहरु भगवान हो । हामीलाई पुनः जिवन दिनुभयो भन्नुहुन्छ । साह्रै खुशी लाग्छ । यस्तो भन्दा हाम्रो हिम्मत बढ्छ ।’ महामारीको बेला विरामीको सेवा गर्न पाउनु पनि ठूलो अवसर ठान्छन उनी । ‘विरामीको अगाडी हामी सुरक्षित छौ भन्ने लाग्छ । महामारीको यस्तो मौका हामीलाई पनि पटकपटक कहा“ आउँछ र ?’ उनले चुनौतिलाई नै अवसर ठानेर सेवामा खटिएको बताए ।