मेस्सीले सातौं पटक जिते बालोन डि’ओर अवार्ड

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिष्ठित बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले यो अवार्ड कीर्तिमानी सातौ पटक जितेका हुन् ।
यो सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका उनले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेभान्डोस्की, चेल्सी तथा इटलीका जोर्जिन्हो र रियल मड्डि तथा फ्रान्सका करिम बेन्जिमालाई पछि पारेका थिए ।
३४ वर्षका मेस्सीले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन मदत गरेका थिए । उनले सिनियर टिमबाट देशका लागि जितको यो अन्तराष्टिय उपाधि समेत हो । यो वर्ष उनले ४० गोल समेत गरेका थिए ।
विश्वभरका १८० पत्रकारहरुको मतदान गर्ने यो अवार्ड, २००८ देखि लगातार सम्म कि त मेस्सीले पाए कि क्रिष्टियानो रोनाल्डोले । २०१८ मा लुका मोडरिकले त्यो क्रमलाई भंग गरे । २०१९ मा मेस्सीले पाए भने २०२० मा कोरोना महामारीका कारण हुन सकेन । यो वर्ष फेरि मेस्सीले जितेका छन् ।
उननले २००९, २०१०, २०११, २०१२, १०१५, २०१९ र २०२१ गरी सात पटक यो अवार्ड पाएका हुन् ।
यो वर्ष अर्जेन्टिनाका लागि उपाधि जित्न पाएको खुसी रहेको भन्दै उनले भनेका छन्, ‘मेरो लामो करियर छ, त्यसैले यो ब्राजिललाई हराउँदै उपाधि जित्नु
मेरो जीवनको उत्कृष्ट क्षण हो कि होइन भन्ने थाहा छैन । तर अर्जेन्टिनाका लागि उपाधि जित्नु उत्कृष्ट क्षणहरुमा एक हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *