राजमोका सांसद शाहीले भने, ‘मेरो चरित्र हत्यो भयो, मैले हस्ताक्षर गरेको हुँ

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफ्नो चरित्र हत्या गरिएको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले चार दलको गठबन्धनको पक्षमा हस्ताक्षर गरेको बताएका छन् । आफ्नो नाममा निकालिएको विज्ञप्ती झुटो रहेको बताएका छन् । यता, जनमोर्चाकी सचेतक पियारी थापाले जनमोर्चाका दुई सांसदले तटस्थ छु भनी निकालेको विज्ञप्ती झुट रहेको बताएकी छन् ।

विज्ञप्ती शेयर गर्दै थापाले फेसबुकमा लेखेकी छन्, ‘राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेशमा निर्वाचित सांसद खिमविक्रम शाही र कृष्णबहादुर थापाको विज्ञप्ती भनेर जुन भ्रामक विज्ञप्तीहरु सामाजिक संजालमा आएका छन् । त्यसमा कुनै सत्यता नरहेको जानकारी गराउछु । एक त राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसद कृष्णबहादुर थापा भन्ने नामको सांसद हुनुहुन्न ।

उहाको नाम कृष्ण थापा हो भने, अर्को खिमविक्रम शाहीको नामबाट आएको विज्ञप्तीमा उहा“को हस्ताक्षर नभएको र कृते काम भएकाले यस्ता भ्रामक समाचार संप्रेषण नगर्न अनुरोध गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *