राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ ।
राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने बताइएको छ । पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने विधानमा व्यवस्था गरिएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
अहिलेसम्म नगर, जिल्ला र क्षेत्रबाट प्रतिनिधि छनोट हुने व्यवस्था भएकामा यसपटक त्यसको विकल्पमा नयाँ नियम लागू गरिएको छ । काठमाडौं जिल्लाको नयाँ कार्यसमितिका लागि अधिवेशन शनिबारदेखि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त अधिवेशनमा शनिबार उम्मेदवारले मनोनयन दर्ता गर्ने र आइतबार निर्वाचनबाट कार्यसमिति छनोट गरिने छ ।
अहिलेसम्म २२ जिल्लामा अधिवेशन सम्पन्न गरिएको छ । अधिवेशन भएका जिल्लाबाट स्थानीय तहको निर्वाचनपछि महाधिवेशन गर्न सुझाव आएका छन् । कान्तिपुरबाट साभार ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *