राम्दीको पहिरो हटाउदै, एकतर्फी खुल्यो राजमार्ग

Share this post :

Facebook
Twitter
WhatsApp

राजमार्ग भन्दा माथिबाट आएका पहिरो सोमबार दिउँसो एकतर्फी खुलाइएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा आइतबार पहराह्रन साढे ४ बजे घरमाथीबाट आएको पहिरोले ४ वटा घर भत्काउनुको साथै सिदार्थ राजमार्गका स्याङ्जा सडकखण्ड अवरुद्ध भएको थियो ।

प्रहरी, नगरपालिका र स्थानीयबासीको सहयोगमा पहिरो एकतर्फी खुलाइएको हो । पहिरोमा पुरिएर वालिङ नगरपालिका–१४ की ४० वर्षीया धनमाया उम्राको मृत्यु भएको छ । प्रहरीका अनुसार गुल्मीको छत्रकोट–५ की लक्ष्मी बस्नेतले सञ्चालन गर्दै आएको होटलमा बसेका बेला उनी पुरिएकी हुन् । उम्रा पूजाआजाका लागि राम्दीमा आएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । पहिरोमा पुरिएर होटल सञ्चालक ३७ वर्षीया लक्ष्मी बस्नेत, रुपन्देही सैनामैना–१ का १६ वर्षीय शिशिर योगी र पहिचान नखुलेका एकजना पुरुष गरी तीन जना घाईते भएका छन् ।

घाईतेलाई थप उपचारका लागि गल्याङस्थित नगर अस्पतालमा ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *