राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्रवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि विपक्षी तीन दलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्रवान गर्न माग गरेका थिए । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका हुन् । विश्वासको मत लिन नसकेको जानकारी संसद् सचिवालयले गराएको थियो । संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै सरकार गठन गर्नुपर्ने माग राखेका थिए ।
आजको मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागी थिए । उनले विश्वास प्राप्त गर्नका लागि १ सय ३६ मत पाउनु आवश्यक हुन्थ्यो । ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा १२४ मत दिएका छन् । १५ तटस्थ र एमालेका २८ सांसद अनुपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *