प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट खेल शुरु भएको छ । गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ्गले प्रतियोगिता उद्घाटन गर्दै खेलाडीहरु निश्चित लक्ष्यका साथ खेल क्षेत्रमा लाग्नुपर्नेमा जोड दिएका छन ।
खेलाडीहरुले पारिवारिक, आर्थिक समस्याका बावजुद पनि खेल क्षेत्रमा ठूलो योगदान दिएको भन्दै अब खेलकुद क्षेत्रलाई व्यवसायिक बनाउनुतर्फ राज्य लाग्नुपर्ने उनको भनाइ थियो ।
यु्वा यद्यमी मञ्च गण्डकीका अध्यक्ष सुनिलबहादुर भट्टराईले यसअघि पनि मञ्चले कास्की क्रिकेटसंग विभिन्न समयमा सहकार्य गर्दै आएको बताउँदै आगामी दिनहरुमा पनि सहकार्य गरिने बताएका छन । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले सञ्चालन गरेको कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुले प्रतियोगिताको बारेमा अवगत गराएका थिए । प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा र नवलपुर गरी चार टिमको सहभागी छ ।