नेपाल ीनारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा ‘हाम्रो घर’ले आयोजना गरेको प्रतियोगितमा ६३ जनाप्रतियोगीलाई पछिपार्दै सर्गम विजयी भएकी हुन् । सर्गम अर्घखाँची घर भई काठमाण्डौंमा लोक दोहोरी क्षेत्रमा क्रियाशिल छन् ।
यस्तै प्रतियोगितामा निशान्त विक द्वितिय घोषित भए । बिकदाङ घर भई काठमाण्डौंमा रहेर लोक दोहोरी क्षेत्रमा संघर्षरत छन् । अन्तिम चरणको प्रतियोगितामा सर्गम र उनको प्रतिस्पर्धात्मक भिडन्त भएको थियो ।
प्रतियोगितामा धादिङका प्रसंग थपलिया र प्यूठानकीअन्जु आचार्यले क्रमश ः तृतिय र सान्त्वनामा चित्त बुझाए । प्रतियोगितामा उत्कृष्ट प्रतियोगिमध्यबाट पाल्पा रामपुरकी बिपना खनाल उत्कृष्ट प्रतियोगि घोषित भइन् ।
पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको क्लवहाउस प्रयोगकर्ताहरुको समूह ‘हाम्रो घरले शुक्रबार र शनिबार दुई दिन लगाएर प्रतियोगिता सम्पन्न गरेको हो ।
लोक तथा दोहोरी गीतगायक रबिन लामिछाने, लोक तथा दोहोरी गीतप्रतिष्ठानखगण्डकी प्रदेशकी महिला उपाध्यक्ष माया गुरुङ, लोक तथा दोहोरी गीतप्रतिष्ठान गण्डक ीअञ्चलका पूर्व कोषाध्यक्ष बिजय केसी र लोक तथा दोहोरी गीतगायक शुरेस रावलको निर्णायकमण्डलले प्रतियोगितामा बिजेता, उपविजेता घोषणा गरेको हो ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय, सान्त्वनार उत्कृष्ट पुरस्कार क्रमश २५ हजार, १५ हजार, १० हजार र ५–५ हजार रुपौया सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटनगर्दै लोक तथा दोहोरी गीत प्रतिस्ठानका केन्द्रियअध्यक्ष रमेश बिजीले डिजिटल ल्याटफर्म मार्फत लोक तथा दोहोरी गीतको श्रीवृत्तिमा आयोजकले गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गरे । उनले आगामी दिनमा आफूहरुको तर्फबाट सक्दो सहकार्यको प्रतिवद्धताव्यक्त गरे ।
यस्तै लोक तथा दोहोरी गीत प्रतिस्ठानका केन्द्रिय सचिव रमेशराज भट्टराईले प्रविधीको उच्च्तमप्रयोग गरि कोभिड–१९ को विषम परिस्थितीमा लुकेर रहेका प्रतिभा प्रस्फुटन हुने अवसर मिलेको बताए ।
कार्यक्रममा ग्लोवल कन्सल्ट दीपक क्षेत्री, रितनखड्का, एनआरएनए, यूथ डेप्यूटी–कोर्डिनेटर अष्ट्रेलियाका राजेश टण्डन, डि–क्याफे सिड्नीका प्रवन्धक बिन्दु पौडेल, लाली गुराँस रेमिटेन्स अष्ट्रेलियका गोकुल भण्डारी, सोखिनन्यौपाने, अस्मिताअर्याल, भिष्मवली लगायतले बोलेकाथिए ।
यस्तै कार्यक्रममा लोक तथा दोहोरी गायिका डिला बिक, बालचन्द्र बराल, अस्मिता डीसी, निसा केसी, मदनपाण्डे लगायत अतिथि कलाकारहरुको विषेश प्रस्तुतीले कार्यक्रमको रौनकबढेको आयोजकले दावी गरेको छ ।
ग्लोबल कन्सल्ट सिड्नी अष्ट्रेलियाको मुख्यप्रायोजनमा सम्पन्न प्रतियोगितामा डीक्याफे सिड्नी (अष्ट्रेलिया), एनआरएन यूवा उप–संयोजक (एनएसडब्ल्यू) राजेश टण्डन (अष्ट्रेलिया), सोखिन न्यौपाने (अष्ट्रेलिया), लाली गुराँस रेमिटेन्स अष्ट्रेलियका गोकुल भण्डारी, अस्मिता अर्याल (अष्ट्रेलिया), पशुपति ढकाल (न्यूजिल्याण्ड) बाट सह–प्रायोजकको रुपमा जोडिएका थिए। मिडिया पार्टनरमा एभरेस्ट एफएम पोखरा र अनलाइन पार्टनरमा एभरेस्ट आवाज डटकमले साथ दिएको थियो ।
कार्यक्रममा झण्डै २ सय ५० बढी प्रयोगकर्ताहरुले प्रत्यक्ष सुनेर साथ दिएका थिए ।
हाम्रो घरका क्रियटर तथा कार्यक्रम संयोजक रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसंयोजक रामकँडेल र सञ्चालन सुरेश क्षेत्री, आभृति भूषाल पशुपती ढकाल र संगम रेग्मीले सञ्चालन गरेकाथिए ।