
कास्की प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ पोखरा महानगरपालिका–९ नयाँबजारस्थित सवारी चेकजाँच गर्ने क्रममा पोखरा–९ शान्तिवनका २३ बर्षिय सन्जय केसी पक्राउ परेका हुन् । कास्की प्रहरी प्रवक्ता सुवास हमालका अनुसार संकास्पद अवस्थामा भेटिएका केसीको घर खानतलासी गर्दा जेव्रा झोलामा लुकाईछिपाई राखेको एक केसी ९ सय ग्राम गाँच बरामद गरिएको छ । उनलाई लागुऔषध सम्बन्धी कसुर अन्तगर्त बुधबार कास्की अदालतमा मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरि अनुसन्धानको प्रकया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
Post Views: 25