लागूऔषधसहित मानिस पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-४ घर भई हाल पोखरा महागनरपालिका-१६ जैमुरीचोक बस्ने ३२ वर्षिय अनिल खड्काको साथबाट लागू औषध नाईट्रोभेट चक्की ८०५ चक्की, डाईजापाम,२१ एम्पुल, फेनारगन २० एम्पुल र नर्फिन २१एम्पुल गरी जम्मा ६२ एम्पुल बरामद गरेकाे प्रहरीले जनाएकाे छ । शुक्रबार कास्की जिल्ला अदालतबाट सात दिनकाे म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

यस्तै अर्का पक्राउ पर्नेमा पोखरा महानगर-१७ ड्यामसाईड बस्ने वर्ष ३५ को दिपक भारतीको साथबाट लागू औषध डाईजापाम १८ एम्पुल, फेनारगन १८ एम्पुल र नर्फिन १८ एम्पुल गरि जम्मा ५४ एम्पुल बरामद गरिएकाे छ । उनलाई शुक्रबार कास्की जिल्ला अदालतबाट दश दिनकाे म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाइएको छ । जम्मा लागू औषध नाईट्रोभेट ८०५ चक्की, डाईजापाम ३९ एम्पुल, फेनारगन ३८एम्पुल र नर्फिन ३९एम्पुल गरी जम्मा १ सय १६ एम्पुल बरामद गरेको छ । दुवै जनालाइ प्रहरीले विहीबार पक्राउ गरेकाे जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *