लागूऔषध सहित दुईजना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

कास्की प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । शनिवार पोखरा महानगरपालिका–३२ जनताको चौतारास्थित प्रहरीको टोलीले संकाको आधारमा चेकजाँच गर्दा लागुऔषध भेटाएपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँका निरज श्रेष्ठ र पोखरा–३३ का सुनिल परियार रहेका छन् । प्रहरीले उनीहरुको साथबाट डाईजापाम–२२, फेनेरागन–२२, नुर्फिन–२२ गरी ६६ एम्पुल लागुऔषध बरामद गरेको जनाएको छ । उनीहरुलाई लागूऔषध सम्बन्धी कसुरमा आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरी म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *