वालिङको कपासे गाउँ सिल

Share this post :

Facebook
Twitter
WhatsApp
स्याङ्जाको वालिङ नगरपालिका–१४ स्थित कपासे गाउँमा मास्क वितरण गर्दै नगरप्रमुख दिलीपप्रताप खाँड लगायत । तस्बिर प्रतिपत्र ।

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि यहाँको वालिङ नगरपालिका–१४ को कपासे गाउँलाई सिल गरिएको छ । नगरप्रमुख दिलिपप्रताप खाँडको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले गाउँमै स्वास्थ्य परीक्षण गर्दा नयाँ भेरियन्ट सहितको कोभिड १९ का संक्रमित देखिएसंगै रोकथाम र नियन्त्रणका लागि सिंगो गाउँ नै शिल गरिएको नगरपालिकाले जनाएको छ ।
गाउँ पुगेको टोलीले स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधी समेत वितरण गरेको थियो । ‘स्वास्थ्यकर्मी र औषधी सहित गाउँ गएका थियौ’ नगरप्रमुख खाँड भन्छन, ‘८६ जनाको स्वास्थ्य परीक्षण गर्दा अधिकाशंमा कोभिडका लक्षण देखियो । अन्यत्र पनि नफैलियोस भनेर यहा“को गाउँ शिल गरिएको हो ।’ उनका अनुसार अर्को सुचना नहुदा सम्म उक्त गाउँमा बाहिरबाट कोही पनि नजान र गाउँका व्यक्तिलाई बाहिर आवतजावत नगर्न सुझाव दिइएको छ ।
‘सिंगो गाउँमा प्रत्येक व्यक्तिलाई केही न केही स्वास्थ्य समस्या छ’ उनले भने, ‘संक्रमणको दर बढ्न नदिन र अन्यत्र फैलिन नदिनका लागि यस्तो निर्णय गरेका हौ ।’ नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताउदै उनले स्वास प्रश्वास वा स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा तत्काल नगरपालिका, वडा कार्यालय वा स्वास्थ्य चौकीमा सम्पर्क गर्न अनुरोध गरेका छन् । ‘कृपया रोग नलुकाउनुस, समस्या जे हो त्यही बेलैमा भन्नुस’ उनले पुनः भने, ‘समस्या बेलेमा भने रोगको पहिचान बेलैमा हुन्छ । उपचारको सवै व्यवस्था हामी मिलाउछौ ।’ गाउँमा पुगेर लक्षण देखिएकाको अक्सिजनको मात्रा, ज्वरोको जाँच गरिएको थियो भने लक्षणका आधारमा सबैलाई आवश्यक औषधि उपलब्ध गराईएको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताए । अक्सिजनको मात्रा कमि भएका केहीलाई थप उपचारका लागि गह«ौं प्राथमिक अस्पताल वालिङमा ल्याईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *