विपक्षी गठबन्धन सर्वोच्च जाने

Share this post :

Facebook
Twitter
WhatsApp

सांसदहरूलाई नागरिकतासहित बोलाइयो

संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धनका नेताहरु आज सर्वोच्च अदालत जाने भएका छन् । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकता सहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । आज तयारी सकिए आजै, नभए भोलि सर्वोच्च जाने उनीहरुको तयारी छ ।


नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने तयारी भइरहेको बताए । ‘तयारी पूरा हुनासाथ हामी सर्वोच्च जान्छौं’ उनले भने । शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको संयुक्त बैठकले संसद विघटनको कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो ।
विपक्षी गठबन्धनका बहुमत सांसदहरुको समर्थन रहेको दाबीसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर दाबी नपुगेको भन्दै सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *