पुतलीबजार नगरपालिकाभित्र कोरोनाका विरामीको लागि दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । विारमीको संख्या बढ्दै गएपछि आवश्यक परेको समयमा एम्बुलेन्स नपाएको गुनासो बढ्दै गएको थियो । स्थानीयको गुनासोलाई मध्यनजर गर्दै नगरपालिकाले एम्बुलेन्स तयारी अवस्थामा राखेको नगरप्रमुख सीमा क्षेत्रीले जानकारी दिइन् ।

क्षेत्रीले एम्बुलेन्स मात्रै नभई कोरोना संक्रमितका घरघरमा अक्सिजनका सिलिण्डर पठाउन जीप पनि तयारी अवस्थामा राखेको बताएकी छन् । उनले संक्रमित विरामीलाई कुनै पनि समस्या आएमा पालिकामा खवर गर्न अनुरोध गरिन् । पालिकाले संक्रमितलाई आवश्यक पर्ने अक्सिजन ढुवानी गर्न महेन्द्र पिकआप बोलेरो भ्यान समेत तयारी अवस्थामा राखेको छ । पुतलीबजार नगरपालिकाले सवारी साधनमा आउने समस्या समाधान गर्न फरक फरक कामका लागि छुट्टाछुट्टै सवारी साधन राखेको हो ।
नगरपालिकाले सुत्केरीको हकमा भने सुत्केरीले जुनसुकै यातायातका साधान प्रयोग गर्न सक्ने र खर्च नगरपालिकाले व्यहोर्ने जनाएको छ ।