विश्वासको मत नपाउने भएपछि विश्वासको मत मागियो–देउवा

Share this post :

Facebook
Twitter
WhatsApp

कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत नपाउने भएपछि विश्वासको मत माग गरिएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नगर्ने प्रष्ट भएकाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नुपर्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने प्रस्ताव राखेपछि बोल्दै देउवाले सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था रहेको बताएका थिए ।

उनले अर्को सरकार गठन गर्न संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । संविधानको उक्त धारामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी राजनीतिक दलको गठबन्धनको सरकार गठन हुनसक्ने व्यवस्था छ । प्रधानमन्त्री ओली आफैले उत्पन्न गरेको परिस्थितिका कारण अहिले विश्वास माग्न आउनुपरेको उनको भनाइ थियो । देउवाले प्रतिनिभिसभा विघटन गरेका ओलीले संसद पुनःस्थापना भएपछि आफैले जानेर राजीनामा दिनुपर्नेमा त्यसो नगरेको भन्दै आलोचना गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *