संक्रामण तथा सरुवा रोग अस्पताल कोरोना संक्रमित विरामीले भरिएपछि गण्डकी प्रदेश सरकारले पुनः आइसोलेसन सेन्टर बनाउन थालेको छ । प्रदेश सरकारले गण्डकीका ११ वटै जिल्लाका संक्रमितलाई एकै ठाउँमा उपचार गर्ने गरी संक्रामण तथा सरुवा रोग अस्पतालको स्थापना गरेको थियो । सो अस्पताल भरिएपछि आइसोलेसन सेन्टर थप्न लागेको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले बताए ।
५० शैयाको उक्त अस्पतालमा हाल ५५ वटा वेड रहेको शर्माले बताएका छन् ।

‘पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइसोलेसन सेन्टर तयार गर्दै छौ’ उनले भने, ‘सरुवा रोग अस्पताल विरामीले भरिएपछि अव अन्य विरामीलाई गण्डकीमा राख्छौ ।’ सरकारले सरुवा रोगका विरामीलाई छुट्टै उपचार गर्ने गरि यस अस्पतालको स्थापना गरेको हो । पोखरा महानगर–३० मा रहेको यो मुलुककै दोस्रो सरुवा रोग अस्पताल हो । यहा“ हाल कोभिडका ४६ जना विरामी छन् । अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनले कोभिड विरामीको लागि ४६ वटा वेड राखिएको बताउदै ५ वटा वेड आकस्मिक विरामीको लागि छुट्याइएको बताए ।
‘कोभिडका विरामीले सवै वेड भरिएका छन्’ उनले भने, ‘अव आउने विरामीको लागि वेड अपुग छ । त्यो भन्दा पनि ठूलो समस्या जनशक्ति अभाव छ ।’ उनले विरामीको संख्या थपिदै जादा जनशक्ति अपुग भएपछि गुणस्तरीय सेवा दिन नसकिने बताए । दरबन्दीकै टुंगो नलागेकाले जनशक्तिको आवश्यकतानुसार पूर्ति हुन नसकेको उनको भनाई छ ।
यो अस्पतालमा हाल ४९ जना कोरोनाका विरामी उपचारत छन् । अहिले भइरहेको जनशक्ति अनुसार जम्मा १५ जना विरामीलाई मात्र सेवा दिन सकिने अस्पताल स्रोतले जनाएको छ । हाल १० डाक्टर र ६ जना नर्स छन् । हालै मात्र पनि २६ जना नर्सको आवश्यक रहेको डा गौचनले बताए । उनका अनुसार कोभिडकै विरामीलाई आइसीयु चलाउनु परेमा पनि चिकित्सक छैनन् । ‘आइसीयू चलाउनको लागि प्राविधिकको आवश्यक पर्छ’ उनले भने, ‘चिकित्सकले चलाउने मात्र हो बनाउने प्राविधिक छुट्टै हुन्छ । प्राविधिकको समस्याले पनि आइसीयू संचालनमा समस्या छ ।’ अस्पतालमा अहिलेसम्म जम्मा ७ वटा आइसीयू र ७ वटै भन्टिलेटर छन् । प्राविधिक नहुदा“ आइसीयूमा जटिल विरामीलाई राख्न नसकिएको बताउदै डा गौचलने मध्यम अवस्थाका विरामी मात्र राखिएको बताए ।

अस्पतालमा कोभिडका विरामी १५ दिनदेखी ३७ दिनसम्म बस्ने गरेका छन् । डा गौचनले फोक्सोमा समस्या, निमोनिया भएका विरामीलाई बढी कोभिड लाग्ने गरेको बताए । ‘युवापुस्तमा पनि यो समस्या छ’ उनले भने, ‘समयमै कोही आउदैनन् । लगातार खोकी लागेको, ज्वरो आएको १०÷१२ दिनपछि मात्र अस्पताल आउने गर्छन् । यस्तो हुदा“ झन कोभिडले गाली सकेको हुन्छ ।’ उनले लक्षण देखिनेवित्तिकै उपचार गरे छिटो निको हुने सम्भावना रहेको बताए । कोभिड विरामीको संख्या बढ्दै गएपछि अस्पताले अक्सिजन प्लाण्टको प्रकृया अगाडी बढाएको जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशक शर्माका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १५ वेडको आइसोलेसन सेन्टर बनाउन लागिएको हो ।
‘मणिपाल अस्पातलमा कोरोना विरामीको लागि १ सय ४ वटा वेड राख्ने सहमति भएको छ । गण्डकी मेडिकल कलेजमा १ सय २३ र मेडिप्लसमा २९ वटा वेड छन् ।’ उनले कोरोना भन्दा अन्य विरामीको उपचारमा समस्या नहुने गरी कोभिडका विरामीले एउटा अस्पताल भरिदै गएपछि अर्को अस्पतालमा व्यवस्था गरिने बताए । पोखराका विभिन्न अस्पतालमा कोभिडका विरामी उपचाररत रहेपनि सरकारले छुट्टै अस्पतालको व्यवस्था गर्दै आएको छ ।