
संक्रामण तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामी । यस अस्पतालमा कोरोनाका विरामीले सवै वेड भरिएका छन् । गण्डकी प्रदेश सरकारले यहाँका सवै वेड भरिएपछि पुनः आइसोलेसन सेन्टर बनाएको छ ।

प्रदेश सरकारले गण्डकीका ११ वटै जिल्लाका संक्रमितलाई एकै ठाउँमा उपचार गर्ने गरी संक्रामण तथा सरुवा रोग अस्पतालको स्थापना गरेको थियो । सो अस्पताल भरिएपछि आइसोलेसन सेन्टर थप गरिएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले बताए ।

५० शैयाको उक्त अस्पतालमा हाल ५५ वटा वेड छन् । पोखरा महानगर–३० मा रहेको यो मुलुककै दोस्रो सरुवा रोग अस्पताल हो । यहाँ हाल कोभिडका ४६ जना विरामी छन् । अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनले कोभिड विरामीको लागि ४६ वटा वेड राखिएको बताउदै ५ वटा वेड आकस्मिक विरामीको लागि छुट्याइएको बताए । यो अस्पतालमा हाल ४९ जना कोरोनाका विरामी उपचारत छन् । अहिले भइरहेको जनशक्ति अनुसार जम्मा १५ जना विरामीलाई मात्र सेवा दिन सकिने अस्पताल स्रोतले जनाएको छ ।

हाल १० डाक्टर र ६ जना नर्स छन् । हालै मात्र पनि २६ जना नर्सको आवश्यक रहेको डा गौचनले बताए । उनका अनुसार कोभिडकै विरामीलाई आइसीयु चलाउनु परेमा पनि चिकित्सक छैनन् । अस्पतालमा जम्मा ७ वटा आइसीयू र ७ वटै भन्टिलेटर छन् । प्राविधिकको समस्या हुदाँ उक्त आइसीयूमा सिरियस विरामीको उपचार गर्न सकिएको छैन् ।

