
प्रतिपत्र संवाददाता (पोखरा)
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले संसद अनिर्णयको बन्दी भएको बताएका छन् । सोमबार प्रेस युनियनले राखेको पत्रकार सम्मेलनमा बोल्दै एक महिनादेखी संसद चल्न नसक्नु भनेको अनिर्णयको बन्दी रहेको बताएका थिए । ‘सरकारले न विजनेश दिन सकेको छ न संसद चलाउन’ उनले भने, ‘यसरी सधै कसरी चल्छ ? संसद चल्छ की चल्दैन भन्ने अवस्था छ ।’
उनले यही सरकार रही रहे देशमा अराजकता बढ्दै जाने बताए । नेकपा पार्टी पुरानै अवस्थामा फर्किनु, एमालेभित्रकै गुटीबन्दीको कारण संसद अनिर्णयको बन्दी बनेको उनले बताए । देशको परिस्थिति जटिल मोडबाट गइरहेको बताउदै उनले यस्तो अवस्थामा कांग्रेसको भुमीका अत्यन्तै महत्वपूर्ण रहेको जनाए । संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी कांग्रेस रहेको उनको दावी थियो । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेदेखी देशमा जटिल्ता उत्पन्न भएको उनले बताए । ‘कांग्रेस असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा सडकमा उत्रियो’ उनले भने, ‘यसको चौतर्फी आलोचना भयो । संविधानमै नभएको कुरा संसद विघटन हुदा“ संविधानको चिन्ता थियो । संसद पुनस्थापना भएपछि अव संविधान जान्छ की भन्ने डर रहेन ।’
संसद अनिर्णयको बन्दी भएकाले अव संसद राखिरहने या दुई बर्ष कार्यकाल पुरा गर्न दिने भन्ने विषयमा निचोड निकाल्नुपर्ने उनले बताए । उनकानुसार राजनीतिमा नैतिकता हुन जरुरी छ । अहिले नैतिकतामा खडेरी परेको बताउदै उनले नैतिकता नै नभएका कारण प्रमले राजीनामा नदिएको बताए । ‘यदी नैतिकता भएको भए प्रम ओलीले संसद पुनस्थापना हुदाकै दिन राजीनामा दिनुपथ्र्यो’ उनले भने । संसदलाई विजनेश दिन नसक्ने प्रमले राजीनामा नदिने भन्दै उनले आलोचन गरे । संसदभित्रको अधिकार प्रयोग गर्दै सभामुखले पनि उपसभामुख नियुक्ति गर्न नसकेको उनको तर्क थियो । सरकार गठनको लागि माओवादीले समर्थन फिर्ता नलिने, यता कांग्रेससंग संख्या नपुग्ने बताउदै उनले जसपाका माग पुरा गर्दै सहमति गर्नुपर्ने बताए । कांग्रेसको नेतृत्वमा माओवादीले जसपाका माग संसदमा टेबुल गरेको बताउदै उनले त्यसबेला एमाले नै अस्वीकार गरेको कोइरालाले जनाए । उनका अनुसार अहिले जसपा किन एमालेसंग मिलेको छ ? रेशम चौधरीको इस्यु, संविधान संशोधनमा भाषा र नागरिकताको विषय र प्रदेशको इस्यु लगायत जसपाका माग रहेको उनले बताए । यसमा छलफल गरेर अघि बढे निकास निस्कने उनले बताए । कांग्रेसकै नेतृत्वमा सरकार बनाएर निर्वाचन गर्नुपर्ने भन्दै उनले भने, ‘यदी कांग्रेसले निस्कर्ष निकाल्न नसके विकल्प दिनुपर्छ । विकल्प पनि दिन नसके संसदीय व्यवस्था फेल हुन्छ । किनकी कांग्रेसले निर्वाचन गर्न सक्छ ।’
प्रमले पनि निर्वाचन चाहेको तर, आफ्नै नेतृत्वमा, जसपाले पनि निर्वाचन चाहेको तर, परिस्थिति अनुसार पहल नगरेको उनले बताए । यसो त, उनले पार्टीको १४ औं महाधिवेशन भदौमा हुने बताए । सभापति बाहेक अन्य पदमा आफ्नो उम्मेदवारी नरहने बताउदै उनले महाधिवेशन पछि मंसिर या चैतमा निर्वाचन गर्नुपर्ने बताए । उनले पार्टी सभापति र प्रमबीचको हिमचिम बढेको, संवैधानिक परिषद्को अध्यादेश ल्याएर गरिएका नियुक्ति जस्ता विषयमा सभापति जनताको संकाको घेरामा रहेको बताएका थिए । सरकार गठन कहिले हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले अझैकेही समय लाग्ने बताए । अध्यादेश ल्याउनु संविधानमाथीको प्रहार रहेको उनले बताए । वितरणमुखी बजेट बनाएर निर्वाचनमा जाने प्रमको योजना रहेको बताउदै उनले संभव भए कांग्रेस नभए जसपाको नेतृत्वमा सरकार गठन हुने बताए । विभिन्न कार्यक्रममा पार्टी सभापति र वरिष्ठ नेताबीचको जुहारी दुर्भाग्य रहेको उनले बताएका छन् ।