सामूहिक बलात्कारको प्रयास गर्ने चारजना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिपत्र संवाददाता (स्याङ्जा)
हरिनास गाउँपालिकाकी १५ बर्षिया बालिकालाई सामूहिक बलात्कारको प्रयास गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनास गाउँपालिका–६ का २९ बर्षिय जेवन्तबहादुर खवास, ४२ बर्षिय दिलबहादुर राना, १८ बर्षिय जयम रुचाल र १९ बर्षिय निलेश दुवाडी रहेका छन् । शनिवार सा“झको समय पारेर उनीहरुले जवरजस्ती करणी उद्योग गरेको स्याङ्जा प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार चार जनालाई सोमबार जिल्ला अदालतमा जवरजस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरिएको छ । ‘घटनाको विषयमा अनुसन्धान भएको छ’ उनले भने, ‘पीडितका आफन्तले दिएको जाहेरी अनुसार बालिका घर फर्किने क्रममा बाटो कुरेर बलात्कार गर्न खोजेका रहेछन् ।’ प्रहरीका अनुसार उनीहरुलाई आइतबार पक्राउ गरिएको थियो ।
यसैगरी, प्रहरीले ७५ एम्पुल लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ सिमलचौरका २२ बर्षिय किस्मत काफ्ले र उदयपुरको गाईघाट गाउ“पालिका–७ का २४ बर्षिय विक्रम सुनार रहेका छन् । उनीहरुको साथबाट प्रहरीले डाईजेपान २५ एम्पुल, नुर्फिन २५ एम्पुल र फिनारगन २५ एम्पुल गरि ७५ एम्पुल बरामद गरेको जनाएको छ । सुराकीको आधारमा बुटवलबाट पोखरा जादै गरेको ग.१.ख ६०८२ नम्बरको बस शनिवार सा“झ चेकजा“च गर्ने क्रममा उनीहरुलाई फेला पारिएको बोगटीले बताए । प्रहरीका अनुसार दुवै जनालाई जिल्ला अदालतबाट सोमबार लागुऔषध शिर्षक मुद्दा दर्ता गरि ५ दिनको म्याद थप गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *