सिंचाईको व्यवस्था नहुदाँ मुस्ताङमा खेतीयोग्य जमिन बाँझै

Share this post :

Facebook
Twitter
WhatsApp

हिमालपारीको जिल्ला मुस्ताङमा अहिलेसम्म सिंचाईको व्यवस्था हुन नसकेको छैन । जसका कारण खेतीयोग्य कयौं जमिन बाँझो छ । यदी यहाँ सिंचाईको व्यवस्था गर्न सक्ने हो भने मुस्ताङमा उत्पादित खाद्यान्नले समग्र गण्डकी प्रदेश थेग्न सक्छ । यहाँ धान खेती हुदैन । स्थानीय कृषकका अनुसार अन्य खाद्यान्न बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन । अन्य जिल्ला पठाउने खाद्यान्नमा बृद्धि गर्न यहाँको बाँझो रहेको जमिनलाई प्रयोगमा ल्याउन सक्नुपर्छ । यसो त, यहाँको जमिन खेतीको लागि मलिलो छ ।
आलु, फापर, जहुँ, उवा, स्याउ लगायतको खेती हुने यस जिल्लामा सिंचाइको कारण उत्पादन घट्दो छ । यहाँका स्थानीय कृषिमा नै निर्भर छन् । खानेपानी, जलस्रोत तथा सिंचाई विकास सव–डिभिजन कार्यालय मुस्ताङका प्रमुख झलकमोहन ओझाका अनुसार मुस्ताङको कुल ३ लाख ७७ हजार ३ सय हेक्टर जमिनमध्ये हालसम्म जम्मा २८ सय हेक्टर जमिनमात्रै सिंचित भएको छ । ४ हजार ३० हेक्टर जमिनमा सिंचाई पुगेको भएपनि नियमित सिंचाई भने हुन नसकेको उनले बताए । उनका अनुसार ६ हजार ४ सय ४६ हेक्टर जमिन खेतीयोग्यको लागि उपयुक्त रहेको छ भने, ५ हजार ४ सय ६६ हेक्टर जमिन सिंचाईका लागि उपयुक्त छ ।
‘मुस्ताङमा खेतीपातीको लागि अथाह जमिन छ’ ओझा भन्छन, ‘सिंचाईको व्यवस्था छैन । त्यसैमाथी कालीगण्डकी नदीले बगर बनाएको छ । जमिनको संरक्षण पनि हुन सकेको छैन ।’ प्रदेश सरकार गठन भएपछि मात्र मुस्ताङमा सिंचाईको आयोजना निर्माण कार्य सुरु भएपनि निर्माणधीन अवस्थामै रहेको उनले बताए । यस जिल्लामा १५ सय हेक्टर खेतीयोग्य जमिन बा“झो छ । बाँझो जमिनमा सिंचाई पु¥याउन ७५ करोड बजेट आवश्यक रहेको ओझो बताउँछन । लोमान्थाङ्ग गाउँपालिका–२ का ङवाङखेटु गुरुङले २०४१ र २०४४ मा आएको हिउँ पहिरोका कारण यहाँको एक हजार हेक्टर जमिन बगरमा परिणत गराएको बताए । ‘यसपछि खेतीयोग्य जमिन मासियो’ उनले भने, ‘अहिले सिंचाईको व्यवस्था छैन । खेती गर्ने अवस्था नै रहेन । यदी सिंचाईको व्यवस्था हुने हो भने, यहाँको हजार हेक्टर भन्दा बढी जमिनमा खेती हुन्छ ।’ उनले सिंचाईको व्यवस्था नहुदा“ खेती नहुने भएपछि स्थानीय बसाँइ सर्ने क्रम बढेको बताए ।
मुस्ताङमा सिंचाईका नयाँ योजना छैनन् । कार्यालयले पुरानै सिंचाई योजनाको सुदृढीकरण गरिएको जनाएको छ । आव २०७६÷७७ मा करिव २१५ हेक्टर जमिनमा सिंचाई योजनाको सुदृढिकरण भएको प्रमुख ओझाले बताए । यहाँ संघीय र प्रादेशिक गरि १० वटा सिंचाईका योजना संचालन छन् । उनका अनुसार चालु आवमा थप १६ वटा योजना सम्झौता भई कार्यान्वयनमा जाने क्रममा छन् । चालु आवमा सवै योजना संचालनको लागि संघ ससर्त अनुदान २ करोड ५२ लाख र प्रादेशिकतर्फ ५ करोड ३४ लाख बजेट विनियोजन भएको उनले बताए । सो योजना सम्पन्न गर्नका लागि चालु आवमै २ करोड ८० लाख रुपैया थप बजेट आवश्यक छ । कार्यालयका अनुसार मुस्ताङ हेर्दा मरुभुमी जस्तो देखिएपनि सिंचाई सुविधा पुगेको ठाउँमा हरियाली भएको देख्न सकिन्छ । त्यहाँ उत्पादन हुने कृषि उपज विशेषगरी, स्याउ, आलु फापर उवा तथा तरकारी खेतीको बजार राम्रो भएमा र सिंचाई सुविधा पुग्न सकेमा उत्पादन बृद्धि भई मुस्ताङबासी आत्मर्निभर हुने थिए । पर्याप्त मात्रामा निर्यातसमेत गर्न सकिने बताउदै ओझाले स्थानीयबासी आर्थिक रुपमा पनि सव्बल हुने बताए । कालीगण्डकी र अन्य खोलाहरु व्यवस्थितरुपमा नियन्त्रण गर्न सके मात्रै पनि हजारौ जमिन खेतीमा परिणत हुने उनले बताए ।
टुकुचेको झोमोमा सिँचाइ सुविधा
गण्डकी प्रदेश सरकारले टुकुचेको झोमो फाँटमा २ करोड ३० लाखको लागतमा सिंचाईको योजना सम्पन्न गर्न लागेको छ । योजना सम्पन्न भएसंगै टुकुचेका किसानले चिसो खादै रातको समयमा पालो कुर्नुृपर्ने समस्या हट्नेछ । नजिकैको थापाखोलाबाट १५ सय मिटरको नहरबाट पानी लगि पोखरी निर्माण गरी सिँचाइ गरिएको छ । कच्ची नहरबाट पानी लगी ढलान नभएको पोखरीबाट सिंचाइ गर्दा मुस्किलले ३० देखी ३५ दिनमा पालो पाउने किसानले अव भने पाँचदेखी सातदिनभित्र आफ्नो बारीमा सिंचाई गर्न पाउनेछन् । यसरी पक्की नहरबाट सिंचाइ हुन थालेपछि कृषक सिंचाइको माध्यामबाट उत्पादन बढ्नेमा ढुक्क देखिन्छन् । 
सिंचाइ आयोजना सम्पन्न भएपछि ७५ हेक्टरमा पूर्ण रुपमा सिँचाइ उपलब्ध हुने प्रमुख ओझाले बताए । झोमो फाँटमा ब्यवस्थित सिंचाइ नहुदा वर्षौदेखी किसानले महिनौ कुरेर आफ्नो खेतबारीमा सिंचाइ गर्दै आइरहेका बताउदै उनले यहाँ सिंचाइको ब्यवस्था भएपछि स्थानीयबासी व्यवसाय छाडेर कृषितर्फ आकर्षित भएको बताए । थासाङ गाउँपालिका–१ का वडाध्यक्ष रत्नप्रसाद ज्वारचनले एकपटक पालो पाउन महिनौ कुनुपर्ने किसानले अव ५ दिनमै पालो पाउदा खेतीतर्फ आकर्षण बढेको बताए । सिंचाईको व्यवस्थाले खेतीबाली यतिकै सुकेर नजाने भएपछि किसानलाई ठूलो राहात मिलेको स्थानीय बताउछन् ।
झोमो टुकुचे सिंचाइ उपभोक्ता समितिका अध्यक्ष विष्णु शर्माका अनुसार झोमो फांट मुस्ताङकै ठूलो परिणाममा स्याउ उत्पादन हुने फांटको रुपमा चिनिदै आएको छ । सिंचाइको व्यवस्थापछि आगामी दिनमा अझै वढी परिणाममा स्याउ उत्पादन हुनेछ । स्थानीयका अनुसार झोमोमा वार्षिक ४ देखी ५ करोडको स्याउ उत्पादन हुन्छ । टुकुचे फांट मात्र नभइ प्रदेश सरकारको सहयोगमा मुस्ताङको टुकुचेदेखी छुसाङसम्मको कालीगण्डकीको तटमा नदी नियन्त्रण गरी तटवन्ध नियन्त्रणसंगै वचेको जमिनमा खेतीपाती गर्ने काम भइरहेको छ । कालीगण्डकी नदीमा कटान भएको जग्गाको संरक्षण गरी कोवाङ क्षेत्रमा बांध निर्माण गरी स्याउ उत्पादन सुरु गरेको थासाङ गाउँपालिका–२ का वडाध्यक्ष नरप्रसाद हिराचनले वताए । प्रदेश सरकारको सहयोगमा तटवन्ध निर्माण कार्य सुरु भइरहेको र तटवन्धबाट जग्गा जोगाइ उक्त क्षेत्रमा स्याउका विरुवासमेत रोप्न सुरु गरिएको उनले जनाए ।
त्यसैगरी कोवाङदेखी माथी मार्फा क्षेत्रमासमेत विगत ८ वर्षदेखी स्थानीयको सहकार्यमा नदी कटान भएको खाली जग्गाको संरक्षण गर्दै स्याउ खेती सुरु गरेको र पछिल्लोसमय प्रदेश सरकारले मुख्यमन्त्री कृषि कार्यक्रम अन्तर्गत सिंचाइको ब्यवस्था गरेको स्थानीयले बताए । यो वर्ष प्रदेश सरकारले पुन सिंचाइसंगै बांध निर्माणको लागि बजेट छुट्याएर उक्त क्षेत्रको संरक्षण गर्ने काम भइरहेको स्थानीय पथबहादुर थकालीले वताए । पटकपटक बाढी पसेर दुख दिने गरेको ठाउ“मा बांध निर्माणसंगै सिंचाइको नहर निर्माण गरेपछि स्याउको वोटविरुवा वा“च्नुका साथै उत्पादनमा समेत बृद्धि हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *