सेयर बजारमा ६९ अंकको पहिरो, सबै समूह राताम्मे

Share this post :

Facebook
Twitter
WhatsApp

मंगलबार सेयर बजारमा ६९ अंकको पहिरो गएको छ। सो अंकको गिरावटसँगै परिसूचक ३ हजारमुनि झरेको छ। परिसूचक नेप्से २९७५ अंकमा कायम भएको छ।
राष्ट्र बैंकले एक व्यक्ति वा परिवारले सेयर धितो राखेर सेयरमै लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरेपछि ठूला लगानीकर्ता बाहिरिँदै गएका छन्। ऋणको सीमा घटाउनुपर्ने बाध्यता भएकाले उनीहरुले सेयर बिक्री बढाउँदा बजार ओर्लिँदै गएको हो।
यस दिन कुल १३ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।
यस दिन सबै समूहहरु झरेका छन्। बैंकिङ २३, ब्यापार १०६, होटल तथा पर्यटन ४६, विकास बैंक २०५, जलविद्युत १२४, फाइनान्स १०१, निर्जीवन बीमा ३७२, उत्पादन १९८, अन्य ६२, माइक्रोफाइनान्स १६४ र जीवन बीमा ४४७ अंकले घटेका छन्।
यस दिन कर्णाली विकास बैंकको मूल्य सबैभन्दा धेरै साढे ७ प्रतिशतले बढेको छ। ४० रुपैयाँ प्रतिकित्ता मूल्य बढेसँगै ५६८ रुपैयाँ पुगेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य ६ प्रतिशतले बढेको छ। सपोर्ट माइक्रोफाइनान्सको करिब ६ प्रतिशतले मूल्य घटेको छ।
रुरु जलविद्युत परियोजनाको मूल्य १० प्रतिशतले घटेको छ। सो मूल्य गिरावटपछि कम्पनीको मूल्य प्रतिकित्ता १३४६ रुपैयाँमा कायम भएको छ। माउन्टेन हाइड्रो नेपालको मूल्य ७।७ प्रतिशतले घटेको छ। हिमालय उर्जा विकासको मूल्य करिब ७ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब रुपैयाँको सेयर किनबेच हुँदा ५ प्रतिशतले घटेको छ। हिमालयन डिस्टिलरीको भने ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। अपी पावर, नेपाल बैंक र गुडविल फाइनान्स कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *