स्याङ्जाको दहथुम माध्यामिक विद्यालयमा अफलाइन कक्षाबाट पढाई सुरु

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकारले पहिलोपटक स्याङ्जाको भीरकोट नगरपालिका–२ स्थित दहथुम माध्यामिक विद्यालयमा अफलाइनबाटै विद्यार्थीको लागि पठनपाठन सुरु गरेको छ ।

गण्डकी प्रदेशको शिक्षा, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले बालबालिकाका लागि अनलाइन/अफलाईनमा आधारित वैकल्पिक सिकाई सामाग्रीको परीक्षण (अफलाइन मोवाइल एपका माध्यमबाट कक्षा संचालनको लागि डेमो प्रस्तुति) तथा उद्घाटन गरेको छ ।


सरकारले पिडि स्मार्ट एजुकेशन नामक संस्थाको समन्वयमा पिडि स्मार्ट अफलाइन इजी लर्रिङ नामक एप निर्माण गरी अफलाइन कक्षा संचालन गरेको हो । संस्थाका अध्यक्ष तेजबहादुर चन्दले नेपाल सरकारको पाठ्यक्रम अनुसार स्वीकृत लिएर नै पाठ्यक्रम निर्माण गरिएको बताए । गण्डकी प्रदेश अन्तर्गत एघार जिल्लामा ६ देखी १२ कक्षासम्म एकहजार ४ सय ४८ विद्यालय रहेका छन् ।

यी विद्यालयमा अध्ययनरत ३ लाख ६४ हजार ४ सय विद्यार्थी अफलाइन कक्षाबाट लाभान्वित हुने प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिका आचार्यले बताए । कक्षा ६ देखी १२ का अनिवार्य विषय लक्षित यस सामग्री विलार्थीका लागि सहयोगी सिद्ध भएमा आवश्यक प्रक्रिया पुरा गरी अन्य विद्यालय र विद्यार्थीमाझ उपयोगमा लैजान सकिने आचार्यले बताए ।

पिडि स्मार्ट एजुकेशन काठमाण्डौको नया“ बानेश्वरद्धारा विकास गरिएको अफलाइनमा आधारित छ ।
गण्डकीमा प्रारम्भिक बालविकासतर्फ ४ हजार १ सय ५६ बालविकास केन्द्र र पूर्व प्रावि, सामुदायिक विद्यालयको संख्या ३ हजार ७ सय १९ रहेको छ भने संस्थागत विद्यालय ६ सय ३१ गरी जम्मा ४ हजार ३ सय ५० विद्यालय रहेका छन् । यस प्रदेशमा ६ लाख ९७ हजार विद्यार्थी अध्ययनरत रहेकोमा पूर्व प्राथमिक तहमा ४६ हजार, कक्षा १–५ मा २ लाख ८७ हजार, ६– ८ मा १ लाख ३९ हजार, कक्षा ९– १० मा १ लाख ३ हजार र कक्षा ११– १२ मा ९२ हजार ४ सय जना विद्यार्थी रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *