स्याङ्जामा पत्रकारको सपथग्रहण तथा पदस्थापना कार्यक्रम

Share this post :

Facebook
Twitter
WhatsApp

हालै सम्पन्न नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको पाचौ अधिवेशनवाट निर्वाचित सदस्यले सपथ तथा पदस्थापना गरेका छन् । गत २५ गते सम्पन्न निर्वाचनमा निर्वाचित जिल्ला कार्य समितिका सदस्यलाई निर्वाचन अधिकृत तुलसी गिरीले एक कार्यक्रमबीच सपथ खुवाएका छन् ।
सपथ तथा पदस्थापन कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मुलुकले संघीय ब्यवस्थाको कार्यान्वयन गरिरहेका बेला पत्रकार जगतले संघीयताको अनुभूत गर्न नपाएको बताए । ‘प्रेस कार्डदेखि अन्य सेवाका लागि पत्रकारले अझै केन्दकै भर पर्नुपरेको छ’ उनले भने । मोफसलमा रहेर पत्रकारिता गर्ने पत्रकारका पीडा र मर्का आफुले बुझेको बताउदै उनले ती समस्या समाधानका लागि सहयोग गर्ने बताए । पत्रकारका लागि स्वास्थ्य बिमा, ब्यवसायिक पत्रकारिता, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका पक्षमा आफना योजना रहेको उनको भनाई छ । प्रेस संकुचन गर्ने गतिबिधी बिरुद्धका आवाज वुलन्द गराउदै पत्रकारिताको विकासका लागि केन्द्रदेखि मोफसलका पत्रकार संससंगै अघि बढ्नेमा अध्यक्ष पोखरेलले जोड दिएका थिए ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय पूर्व उपाध्यक्ष गंगााधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्धय छवीलाल तिवारी र सरिता तिमिल्सिना, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, नेकपा एमाले माधव नेपाल समूहका राजेन्द्र मरासीनी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष भूमिजंग केसी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दिपक लम्साल, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज सुवेदी लगायतले पत्रकार र पेशागत दायित्वका बारेमा सुझाव सहित निष्पक्ष पत्रकारिताका आवश्यकताका बारेमा जोड दिएका थिए । कार्यक्रममा अध्यक्ष शर्माले नवनिर्वाचित अध्यक्ष श्रीकृष्ण सिग्देललाई माइन्यूट हस्तान्तर गरेका थिए । प्रेस युनियन र प्रेस संगठनका गठबन्धन तर्फका साझा उम्मेद्वार सिग्देल अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसैगरी, उपाध्यक्षमा भवानी अधिकारी र राधाकृष्ष्ण डुम्रे, सचिवमा प्रतिक्षा काफ्ले, सह सचिवमा तोलाकान्त बगाले र भूपराज बस्याल, कोषाध्यक्षमा रमेश (एकबहादुर) गोदार निर्वाचित भएका हुन् । सदस्यमा अमृत अर्याल, खगेन्द्र भण्डारी, जोगराज पाठक, रामप्रसाद लामिछाने, रामु भट्टराई र शालीकराम पोख्रेल, साधना न्यौपाने, थुमबहादुर (विनोद) रखाली, नारायण विश्वकर्मा रहेका छन् । राष्ट्रिय परिषद सदस्यमा ओमप्रकाश शर्मा र रोशन लामिछाने, प्रदेश परिषद सदस्यमा चुत्रबहादुर महत (एसिव), प्रेमनारायण रेग्मी र हिमाल न्यौपाने निर्वाचित भएका निर्वाचित अधिकृत अधिवक्ता गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *