
नेपाली कांग्रेस स्याङ्जा पार्टी कार्यालयको भवन आइसोलेसन सेन्टर बनाउन दिने भएको छ । कार्यवहाक सभापति बृद्धिबहादुर राना (कुमार) का अनुसार शुक्रबार बसेको जिल्ला पार्टी कार्यालयको वैठकले कोरोना भाइरसका विरामीलाई मध्येनजर गर्दै कार्यालय भवन आइसोलेन सेन्टर बनाउन दिने निर्णय भएको हो । तीन तलाको उक्त भवनमा माथील्लो तलमा कार्यालय नै रहने भएपनि अन्य दुईवटा तलामा आइसोलेसन सेन्टर बनाउन सकिने सभापति रानाले बताए ।
‘वेड अभावका कारण विरामी मर्न बाध्य नहुन’ उनले भने, ‘कांग्रेस पार्टी कार्यालयमा ६० वटा वेड निर्माण गर्न सकिन्छ । हामीले भवन दिएका छौ । संघ, प्रदेश र स्थानीय सरकारले आवश्यक अनुसार आइसोलेसन सेन्टर निर्माण गर्न सक्छ ।’ जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका–१ स्थित बजारको पछाडीपट्टी रहेको पार्टी कार्यालयमा आइसोलेसन सेन्टर बनाउदा विरामीलाई पनि सुरक्षित रहने र अन्य विरामी नभएका व्यक्तिलाई पनि जोखिम नहुने रानाले बताएका छन् ।