
यहाँको कालिगण्डकी गाउँपालिका बिर्घाका युवाले स्वास्थ्य चौकीको स्तरोन्नतीको लागि अभियान शुरु गरेका छन् । फेसबुकमार्फत उनीहरुले अभियान चलाएका हुन् । गाउँमा व्यवस्थित र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि युवाले शुरु गरेको अभियान सफल हुँदै गएको हो । युवाले “बिर्घामा अस्पताल समय मै उपचार” भन्ने अभियान शुरु गरेको एक हप्तामै ८ लाख र समाग्री संकलन भएको छ ।
कोरोना भाईरसको दोस्रो भेरियन्ट शुरु भएसंगै जिल्लाका शहरी क्षेत्रमा भन्दा गाउँमा सक्रमणको दर बढेको तथ्याङ्कले देखाएको छ । कोरोनाको संक्रमण छल्न गाउँ आएका युवा गाउ“को स्वास्थ्य चौकीलाई व्यवस्थित बनाउन लागि परेको अभियान्ता अनन्त पाण्डेले बताए । उनले भने, ‘गाउँमा ठूलो स्वाथ्य चौकीको भवन त भयो तर, प्रभावकारी सेवा र सामाग्री भएनन ।’ विर्घा स्वास्थ्य चौकीलाई तत्काल कोभिड–१९ का विरामीको उपचार गर्न सक्षम बनाउने गरी कम्तीमा २५ ओटा अक्सिजन सहितको शैया, सामान्य रोगको पहिचान गर्न सक्ने प्रयोगशाला, एक्स–रे मेसिन लगायत अन्य आवश्यक मेडीकल सामग्री जुटाउने अभियान अन्तरर्गत हेलो बिर्घा नामक फेसबुक समूह सक्रिय रहेको छ ।
अभियान अन्तरर्गत प्राप्त भएका नगद तथा सामाग्रीको विवरण हेलो बिर्घा फेसबुक पेजमार्फत नै सार्वजनिक भईरहेको अभियान्ता पाण्डेले जनाए । युवाले कोरोना संक्रमणको प्रभाव कम होस् भन्दै स्वाथ्य चौकीको सरसफाई तथा व्यवस्थापनको काम समेत गरेका छन् । गाउँ गाउँमा सक्रमण बढिरहेको अवस्थामा गाउँमा नै व्यवस्थित अस्पताल बनाउने अभियानलाई सार्थकता प्रदान गर्न गृह मन्त्राालयका सहसचिव तथा कोरोना नियन्त्रण केन्द्रिय समिति सिसिएसीका सदस्य टोकराज पाण्डेले सहजीकरण गरिरहनु भएको युवाहरुले बताएका छन् । अहिलेसम्म ठूलो तथा सानो साईजको बेडहरु, अक्सिनज सिलिन्डरहरु, अक्सिजन कन्सन्ट्रेटर मेसिन, नेवुलाईजर, पिपिई लगायतका महत्वपूर्ण सामाग्री प्राप्त भएको अभियान्ता पाण्डेले जनाए । यसैगरी, हेम खरालको व्यवस्थापनमा काठमाडौंबाट बिर्घाको लागि १ गाडी मेडिकल सामाग्री सहितको गाडी जिल्ला आईपुगेको छ । टोकराज पाण्डेको पहलमा प्राप्त ५ ओटा ठूलो साईजको बेड, ५ ओटा बेड साईड लकर, २ ओटा सिरानि, २ ओटा ब्लान्केट, १ ओटा सानो साईजको बेड, बिष्णुप्रसाद पाण्डेबाट प्राप्त २ ओटा नेबुलाईजर मेसिन, माधब पाण्डेबाट प्राप्त पिपिई, मास्क, सेनिटाईजर, फेस शिल्ड लगायत अत्यावश्यक औषधी, महाविर पुनको राष्ट्रिय आबिस्कार केन्द्रबाट प्राप्त ७ क्युबिक मिटरको सिलिन्डर ५ पिस
अक्सिजन कन्सन्ट्रेटर मेसिन एउटा प्राप्त भएको बताइएको छ ।