१० देशका राजदूत एकै पटक पोखरामा

Share this post :

Facebook
Twitter
WhatsApp

४१ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्यटकीय नगरी पोखरामा एकै पटक १० देशका राजदूत ओर्लिएका छन् । पोखरा एयरपोर्टमा आज विभिन्न १० देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत गरी कुल २५ सदस्यीय टोली एकै साथ ओलिएको हो ।
उनीहरुलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य विप्लव पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारी, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिले उनीहरुलाई फूलमालासहित रातो कार्पेट ओछ्याएर भव्य स्वागत गरे ।
गण्डकी प्रदेश सरकारको पहलमा यसरी पोखरा आएका राजदूतहरुमा कतार, साउदी अरेयिबा, दुवई, दक्षिण कोरिया, थाइल्याण्ड, बंगालदेश, इजिप्ट, जर्मनी, मलेसिया लगायत देशका राजदूत संलग्न छन् । तीमध्ये जर्मनी, श्रीलंका, दक्षिण कोरिया, मलेसियाबाट धेरै पर्यटक पोखरा घुम्न आउने गर्दछन् ।
लामो समय कोरोना महामारीका कारण थला परेको पोखराको पर्यटन व्यवसाय राजदूतको सामूहिक भ्रमणले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ । यो कार्यक्रमले पोखरा घुम्न सुरक्षित छ भन्ने सन्देश दिनेछ ।
२ दिनसम्म पोखरा घुम्ने टोलीलाई आइतबार साँझ गण्डकी प्रदेश सरकारले रात्रीभोज आयोजना गर्दैछ । गण्डकी प्रदेश सरकारको संयोजनमा पोखराका पर्यटन व्यवसायीसँग सम्बन्धित संस्थाहरुको समन्वयमा सोमबार विश्व पर्यटन दिवस विशेष कार्यक्रम हुनेछ ।
यस्तै, सोमबार बिहानन सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमण, हाइकिङ हुनेछ । उनीहरु कास्कीको नाउँडाडा हुँदै लञ्चको लागि सराङकोट लगिने छ । सोमबार पर्यटन दिवस समेत परेकोले टोलीले सरकारका प्रतिनिधि र पर्यटन व्यवसायीसहित सरोकारवालाले कास्कीकोटको भुजेल गाउँदेखि कास्कीकोट दरबार हुँदै कश्यप तालसम्म हाइकिङ गर्ने कार्यक्रम छ । त्यसपछि दिउँसो अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, डेभिज फल पुगेर फेवातालमा बोटिङ गर्ने कार्यक्रम छ । त्यस दिन साँझ वाराहीचोकम हुने आरति देखाइने छ ।
सोमबार साँझ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन पोखराले आयोजना गरेको मिनी सडक महोत्सवमा सरिक पछि बुम¥याङमा डिनर हुनेछ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन दिवसमा आयोजित सो कार्यक्रमले पोखरा अब घुम्नको लागी खुला छ भन्ने सन्देश विश्वभरमा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *