१२ महिनामा ट्याक्टर दुर्घटनाबाट गण्डकीमा ३८ जनाको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp
स्याङ्जाको भीरकोट नगरपालिकास्थित ट्याक्टरमाथी सवार युवा । आँधीखोलाबाट बालुवा बोकेर हिडेको भरी ट्याक्टरमा युवाहरु जोखिम मोल्दै यात्रा गरेका थिए । पछिल्लोसमय ट्याक्टरमा मनपरी यात्रा गर्दा दुर्घटना बढ्नुको साथै मृत्यु हुनेको पनि संख्या बढ्दै गएको छ । नियमनकारी संस्था नहुनु र भित्री सडकखण्डमा ट्राफिक चेकजाँच नहुदाँ लापारबाही बढेको हो । तस्बिर प्रतिपत्र ।

गण्डकी प्रदेशमा भएको ट्याक्टर दुर्घटनाबाट एक बर्षमा ३८ जनाले ज्यान गुमाएका छन् । गण्डकीको मनाङ जिल्ला बाहेकका १० वटै जिल्लामा ६३ वटा ट्याक्टर दुर्घटना भएका छन् । सो दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मोहनप्रसाद पोखरेले जानकारी दिए । उनका अनुसार २०७७ वैशाखदेखी चैत मसान्तसम्म ६७ जना मासिन घाइते भए ।
प्रहरीको तथ्यांक अनुसार सवैभन्दा बढी ट्याकटर दुर्घटना नवलपुरमा भएको छ । नवलपुरमा एक बर्षमा १७ वटा ट्याक्टर दुर्घटना भए । नवलपुरमा मात्रै सात जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । यससंगै तनहुंमा १४ वटा ट्याकटर दुर्घटना भएको छ भने ९ जनाको मृत्यु र ३२ जना घाइते भएका छन् । यसरी नै, स्याडजामा ६ वटा दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बाग्लुडमा ४ वटा दुर्घटनामा २ जनाको मृत्यु, ३ घाइते, कास्कीमा ४ वटा दुर्घटनामा ४ को मृत्यु भएको छ ।
लमजुडमा ४ वटा दुर्घटना, ३ जनाको मृत्यु, २ जना घाइते, गोरखामा ५ वटा दुर्घटनामा ३ को मृत्यु, ४ घाइते, म्याग्दीमा ५ वटा दुर्घटनामा ३ को मृत्यु, २ घाइते, पर्वतमा ३ दुर्घटनामा ३ को मृत्यु, ५ घाइते भएका छन भने मुस्ताडमा एउटा ट्याक्टर दुर्घटनामा एक जनाले ज्यान गुमाएको प्रवक्ता एसएसपी पोखरेलले जनाए । सवैभन्दा बढी दुर्घटना असार महिनामा भएको प्रहरीको तथ्यांकले देखाएको छ । असारमा मात्र ९ वटा ट्याक्टर दुर्घटना भएका छन् । जसमा ५ जनाले ज्यान गुमाए भने, १८ जना घाइते भएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी डीएसपी ठगबहादुर केसीले बताए ।

ग्रामीण भेगको कच्ची सडकमा सहचालकले लापारबाही तरिकाले ट्याकटर चलाउदा बढी दुर्घटना भएको डीएसपी केसीले जनाए । उनका अनुसार अधिकाशं दुर्घटना भित्री कच्ची सडकमा भएका छन् । ‘चालकको लापारबाही छदै छ’ उनले भने, ‘चालकले मादक पदार्थको सेवन गर्नु, विना लाइसेन्स सहचालकले ट्याक्टर चलाउनु, ग्रेड नमिलेको उकालो सडक नै दुर्घटनाका प्रमुख कारण हुन् ।’ कृषि प्रयोजनका लागि आयात गरिएका ट्याक्टर निर्माण सामाग्री लगायतको ढुवानीमा प्रयोग गर्दा अनावश्यक भारले दुर्घटना हुने गरेको केसीको भनाई छ । केसीका अनुसार ग्रामीण भेगमा ट्याक्टरमा यात्रुसमेत ओसारपसार गर्ने भएकाले दुर्घटना हुदां मानवीय क्षति बढी हुने गरेको हो । त्यस्ता ट्याक्टरलाई नियमित चेकजांच गरि कारबाहीको दायरामा ल्याइरहेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *