२४ घण्टामा ७९० कोरोना संक्रमित

Share this post :

Facebook
Twitter
WhatsApp

पछिल्लो २४ घण्टामा ७९० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५० पीसीआर परीक्षणमा शनिबार देशभर थप ७९० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९० हजार ६६२ पुगेको छ ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ५२९ परीक्षणबाट १६३ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १० हजार ५७९ परीक्षणमा ९५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ५९ हजार ८७५ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *