७ हजार ५९८ मा कोरोना संक्रमण पुष्टि

Share this post :

Facebook
Twitter
WhatsApp

२४ घण्टामा देशभर ७ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५ सय ४७ पुगेको छ । देशभर थप १९३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *