अखेटोपहार र बन्दुकसहित पोखरामा एकजना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

कास्की प्रहरीले वन्यजन्तुको छाला (अखेटोपहार) र घरमा बन्दुक लुकाएर राखेको आरोपमा पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीका २८ वर्षीय खोबहादुर थापालाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा उनको साथबाट एक थान दुईनाले कार्तुस बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
थापाको घरबाट ७ फिट लम्बाइको चितुवाको छाला, २ फिट ६ इन्च चौडाइ भएको पुच्छरसहितको टाटेपाटे खैरो रंगको एउटा छाला बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
यसैगरी चितुवाको दाह्रासहितको दाँतको भागको एक टुक्रा, कार्तोस बन्दुकमा लाग्ने प्रयोग भएका खाली खोका ४५, सोही बन्दुकमा प्रयोग हुने धातुका छर्रा १९१ थान, ३१५ ग्राम बारुद, सानो छर्रा डेढ सय र छर्रा बनाउन प्रयोग हुने सिसाको धातु झन्डै तीन केजी बरामद भएको डीएसपी तिवारीले बताए ।
बुधबार पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा म्याद थपी अनुसन्धान थालिएको र वन्यजन्तु संरक्षण ऐन २०२९ सम्बन्धी कसुरसमेत गरेकाले थप अनुसन्धान र कारबाहीका लागि अखेटोपहारसहित डिभिजन वन कार्यालय कास्कीमा पठाउन लागिएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *