अघिल्लो निर्वाचनको तुलनामा काँग्रेसको तेब्बर सिट

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ नेपाली काँग्रेसले २०७४ को निर्वाचनमा जम्मा ६ सिट जितेको थियो । हालै सम्पन्न निर्वाचनमा भने त्यसको तेब्बर अर्थात १८ सिट जितेको छ । गण्डकी प्रदेशको मत परिणम सार्वजानिक भइसक्दा काँग्रेसले १८ सिट जितेर पहिलो दल बन्न सफल भएको छ । १८ सिटमध्ये गण्डकी प्रदेशबाट प्रतिनिधिसभा सदस्यको लागि १० सिट जितेको छ । २०७४ को निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सिट मात्र जितेको थियो । गण्डकी प्रदेशमा प्रदेशसभातर्फ ३६ वटा निर्वाचन क्षेत्र छन् ।
सत्ता गठबन्धनबाट निर्वाचनमा होमिएको नेकपा माओवादीले भने विगतको तुलनामा यसपटक सिट संख्या घटाएको छ । गठबन्धनको प्रत्यक्ष फाइदा काँग्रेसले लिएको चुनावी नतिजाले देखाएको छ । काँग्रेसले अघिल्लो निर्वाचनमा प्रदेशसभार्मा समानुपातिकतर्फ ९ गरी १५ सिट जितेको थियो । समानुपातिकतर्फ एमालेले भन्दा केही हजार कम मत पाएर काँग्रेस दोस्रो स्थानमा छ ।
यो हिसाबले समानुपातिकतर्फ एमाले र कांग्रेसको १ सिटको तलमाथि पर्न सक्ने देखिन्छ । काँग्रेसका नेताहरुले समानुपातिकतर्फ ९ सांसद पाउने बताउछन् । यसो हुदाँ अघिल्लो निर्वाचनमा एमालेका २७ सिट अहिले काँग्रेसले पाउने देखिन्छ । एमालेले विगतको तुलनामा यसपटक धेरै सिट गुमाएको छ । २०७४ मा प्रतिनिधितर्फ १४ र प्रदेशसभातर्फ १७ ठाउँमा निर्वाचन जितेको थियो । यसपटक प्रतिनिधिसभातर्फ एमाले ५ र प्रदेशसभातर्फ १२ सिटमा खुम्चिएको हो । समानुपातिकतर्फ भने एमाले संघ र प्रदेशसभा दुवैतिर पहिलो नम्बरमा छ ।एमाले नेताहरु गण्डकीमा यस पटक समानुपातिकमा १० सिट पाउने दाबी गर्छन् । यद्यपि समानुपातिकको मतगणना अझै जारी छ । समानुपातिकमा १० सिट पाए एमाले २२ सिट पाउनेछ ।
०७४ मा वाम तालमेल गर्दा माओवादीले प्रतिनिधि सभातर्फ ३ र प्रदेशसभातर्फ ९ सिट जितेको थियो । समानुपातिकको ३ सिट गरेर माओवादीले १२ सिट जितेको थियो । तर, यसपालि प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ५ सिटमात्र जितेको छ । समानुपातिकमा माओवादीले ३ सिट पाउन सक्ने नेताहरु बताउँछन् । यसो गर्दा माओवादीको गण्डकीमा ८ सिट पुग्नेछ ।
यस्तै, गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी बागलुङ १ बाट विजयी भएका छन् भने मनाङ २ बाट स्वतन्त्र सांसद दीपक मनाङे निर्वाचित भएका छन् । गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादी भने प्रदेशमा निल भएको छ । ०७४ सालमा राष्ट्रिय जनमोर्चाका गण्डकीमा प्रत्यक्ष २ र १ समानुपातिक गरी ३ सांसद थिए । बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिले प्रत्यक्ष १ र समानुपातिक १ गरेर २ सांसद जितेको थियो । मनाङ २ बाट स्वतन्त्र दीपक मनाङे नै प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

कांग्रेसले जितेका प्रदेश निर्वाचन क्षेत्र
१ बिन्दुकुमार थापा कास्की २ (२)
२ प्रकाश बराल कास्की ३ (२)
३ जितप्रकाश आले तनहुँ २ (२)
४ अशोक श्रेष्ठ तनहुँ १ (१)
५ नन्दप्रसाद न्यौपाने गोरखा १ (२)
६ भेषबहादुर पौडेल लमजुङ (२)
७ टकराज गुरुङ लमजुङ (१)
८ सुरेन्द्रराज पाण्डे गोरखा २ (२)
९ डिल्लीराम सुवेदी बागलुङ १ (२)
१० जितबहादुर शेरचन बागलुङ २ (१)
११ द्रोणकुमार कुँवर बागलुङ २ (२)
१२ दीपेन्द्रबहादुर थापा बागलुङ १ (१)
१३ नम्डु गुरुङ मुस्ताङ (१)
१४ विकल शेरचन मुस्ताङ (२)
१५ मुनिन्द्रजंग गुरुङ मनाङ (१)
१६ महेन्द्रध्वज जिसी नवलपुर १ (१)
१७ भोजराज अर्याल स्याङ्जा २ (१)
१८ महेश भट्टराई स्याङ्जा २ (२)

एमालेले जितेका प्रदेश निर्वाचन क्षेत्र
१ खगराज अधिकारी कास्की १ (१)
२ श्याम गुरुङ कास्की १ (२)
३ भीम कार्की कास्की २ (१)
४ गणेशमान गुरुङ कास्की ३ (१)
५ श्यामराजा महत तनहुँ २ (१)
६ सीता सुन्दास स्याङ्जा १ (१)
७ सुधीरकुमार पौडेल स्याङ्जा १ (२)
८ भक्तबहादुर कुँवर पर्वत (१)
९ मित्रलाल बस्याल पर्वत (२)
१० पदमा जिसी नवलपुर २ (१)
११ लक्ष्मणबहादुर पाण्डे नवलपुर २ (२)
१२ रोशनबहादुर गाहा थापा नवलपुर १ (२)

माओवादीले जितेका प्रदेश निर्वाचन क्षेत्र
१ हरिबहादुर चुमान तनहुँ १ (२)
२ रेशम जुग्जाली मगर म्याग्दी (२)
३ हरि भण्डारी म्याग्दी (१)
४ फणीन्द्र देवकोटा (नेसपा) गोरखा २ (१)
५ कृष्णप्रसाद धिताल गोरखा १ (१)

स्वतन्त्र
१ राजीव गुरुङ मनाङे मनाङ (२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *