बालबालिका र किशाेरकिशाेरीकाे हेरचाह र सामाजिक पुर्नमिलन र अटिजम भएका बालबालिका र किशाेरकिशाेरीकाे लागि समावेशी शिक्षा र प्रशिक्षण कार्यशाला सुरू भएकाे छ । शुक्रबार सुरू भएकाे कार्यशाला आईतबारसम्म चल्नेछ ।
वलर्ड भिजन एड्भाेकेसी फाेरमकाे आयाेजनामा तीन दिने तालिम संचालन गरिएकाे हाे । संस्थाका कार्यकारी निर्देशक नवराज अधिकारीले संस्थाका बारेमा जानकारी दिए । संस्थाका सचिव मन्जुसिंह राणाले पनि बालबालिकाकाे कानुनकाे अवस्थाबारे बाेलेकी थिईन् । यस्तै कार्यक्रमकाे सहजीकरण भने मधुवन्ती तुलाधरले गरेकी छन् । तालिममा क्षेत्रका २५ जना सहभागी छन् ।
Post Views: 27