अटेरीको कार्य योजनापत्रको बिक्रीबाट ९६ हजार उठ्याे

Share this post :

Facebook
Twitter
WhatsApp

अटेरी अभियानको कार्ययोजनापत्र बिक्रीबाट ९६ हजार ७ सय ७० रुपैयाँ रकम उठेको छ । अभियानले सुरुआतदेखि नै चुनावी कार्ययोजनापत्र -घोषणापत्रको बिक्रीबाट चुनावी खर्च जुटाउने गर्ने बताउँदै आएको थियो ।
अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार कार्ययोजनापत्र बिक्री गरेर ९६ हजार ७ सय ७० रुपैयाँ उठेको जानकारी दिए । ‘चुनाव भनेको पैसै खन्याएर जित्ने हो भन्ने जुन परिपाटी बनेको छ । त्यसलाई भत्काउन, चुनावी खर्च मितव्ययी बनाउँदै । अहिलेसम्म चल्दै आएको चुनावी अभ्यास भत्काउन पनि हामीले चुनावी घोषणापत्र बिक्री गरेर चुनाव लड्ने निर्णय लिएका हौं’ उनले भने, ‘हाम्रो लक्ष्य मन पराएर चुनावी घोषणापत्र बिक्री गरेरै यत्रो रकम उठाउन सकेका छौं ।’
अटेरीले पोखरा लक्ष्य कार्ययोजनापत्र २०७९ सार्वजनिक गरेपछि वडा वडामा पनि वडालक्ष्य सार्वजनिक गरि रहेको छ । स्थानीय तहलाई दलीय नबनाऔं भन्ने मुख्य उद्घोष सहित सुरु भएको यो अभियान अहिले देशव्यापी बनेको छ । हालसम्म देशभर ४२ सय ८७ जनाले उम्मेद्वारी घोषणा गरि सकेका छन् । पोखरामा मेयरसहित १८ जनाले अटेरी उम्मेद्वारी घोषणा गरि सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *