अध्यक्ष तिमिल्सिनाको एक महिनाको तलब भूकम्प पिडीतलाई

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पिडीत राहत कोषमा जम्मा गर्ने भएका छन् ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पबाट पिडीतको राहत र उद्दारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेका हुन् ।
शुक्रबार ११.४७ बजेको समयमा गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पुर्‍याएको छ ।
अध्यक्ष तिमिल्सनाले प्रकृतिक बिपत्तीको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेको उद्दार र पिडीतका लागि राहत तथा पूर्नस्थापनामा जुट्न सबैलाई आग्रह पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *