अर्जुनचौपारी गाउँपालिकाले कृषकलाई अनुदानमा हाटे ट्याक्टर र कम्बाइन मिल वितरण गरेको छ ।
पालिकाले कृषकलाई आधुनिक कृषि प्रणालीमा जोड दिदै ५० प्रतिशत अनुदानमा ३२ वटा हाते ट्याक्टर र ३२ वटा कम्बाइन मिल वितरण गरेको हो ।
किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई बदल्दै यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर र कुटानी पिसनीको सहजका लागि कम्बाइन मिल वितरण गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
गोरुले जोत्दा समय धेरै लाग्ने, खर्च तथा मेहेनत धेरै हुने बताउँदै तिवारीले कुटानी पिसानीको लागि पालो कुरेर बाध्यता हटाउन बितरण गरेको बताए । पालिकाले हरेक बर्ष मागको आधारमा प्राथमिकतामा राखेर हाते ट्याक्टर र कम्बाइन मिल प्रदान गरेको उपाध्यक्ष सपना गुरुङले बताइन् ।
पुर्खौली अवस्थादेखि नै दिनभरी लगाएर खेतबारी जोत्नु परेको धेरै मेहेनत गर्नुपरेको र समयमै गोरु नपाउँदाको पिडा सुनाउँदै अर्जुनचौपारी–४ का रिकु सार्कीले अब त एक दुई घण्टामै आफ्नो खेत बारी जोत्न सकिने र गोरु खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
छिमेकीकोमा जोत्ने लगायतका काम गरेर जिबिकोपार्जन गरेको बताउदै सार्कीले अब हाते ट्याक्टरबाट गाउँमा काम गर्ने बताए । बजारदेखि टाढा घर रहेको र कुटानी पिसनीको लागि धेरै दुख काटेको बताउँदै वडा नं १ कटुवाकी सुधा कार्कीले अब कम्बाइन मिलले सहज भएको कुटानीका लागि आउने लाई सेवा दिने बताइन् ।
पालिकाले तीन हर्ष पावरको कम्बाइन मिल ३२ वटा तथा छ हर्ष पावरका २० वटा र १२ वटा सात हर्ष पावरका हाते ट्याक्टर बितरण गरेको हो । ५० प्रतिशत अनुदानमा बितरण गरिएको कम्बाइन मिललाई १४ हजार ९ सय ९० तथा छ हर्ष पावरको हाते ट्याक्टरलाई २३ हजार २ सय ५५ र सात हर्ष पावरको २६ हजार आठ सय तितेर कृषकले प्राप्त गरेका हुन् ।
आवश्यकता, टोल, बिगतमा अनुदान लिएको हेरेर होते ट्याक्टर कम्बाइन मिल बितरण गरेको बताउदै प्रकमुख प्रसासकियत अधिकृत उज्वल बस्नेतले धेरै माग हुदा सबैलाई दिन नसकेको र फेरी खरिद गरी बितरण गर्ने बताए ।
