स्रोत साधनको सीमित व्यवस्थापनका बावजुद गण्डकी प्रदेशमै पहिलोपटक विभिन्न ८ प्रकारका मेसिन उत्पादन गरिएको छ । स्थापनाको छोटो समयमै गण्डकी विश्वविद्यालयले कृषिजन्य र औजार बनाएर सार्वजानिक गरेको छ ।
एक कार्यक्रममार्फत उक्त मेसिन तथा उपकरण सार्वजानिक गरेको हो । विश्वविद्यालय शिक्षणसँगै खोज, अन्वेषण र नवप्रर्वतनका गतिविधिमा केन्द्रित रहदै आएको छ । विश्वविद्यालयको अनुसन्धान, अन्वेषण तथा आविष्कार केन्द्रले राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर अनुसन्धान र नवप्रर्वतनका क्षेत्रमा काम गर्दै आएको गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले बताए ।
उक्त मेसिन तथा उपकरण विश्वविद्यालय मातहत पोखरा महानगरपालिका–३२ ज्ञान गुञ्जमा उत्पादन गरिएको हो । आविष्कार केन्द्रले पहिलो चरणमा कृषिजन्य यन्त्र र औजार बनाएको कुलपति गुरुङले बताए । उत्पादित उपकरण र औजारले घाँस टुक्राउने, गोबर पेल्ने, कोदो टिप्ने, तरकारी÷खानेकुरा सुकाउने (सोलार ड्रायर), दाउरा चिर्ने, अदुवा प्रशोधन गर्ने छन् । ‘विज्ञान तथा प्रविधिको वर्तमान युगमा नया“ प्रविधि तथा नवप्रर्वतनलाई जोड दिन आवश्यक छ’ गुरुङले भने ।
केन्द्रले पेट्रोलबाट चल्ने स्कुटरलाई विद्युतीय स्कुटरमा परिवर्तन गरी प्रयोगमा ल्याएको छ । अनुसन्धान, अन्वेषण तथा आविष्कार केन्द्रका निर्देशक राजकुमार थापाले अहिले गाउँको आवश्यकतालाई लक्षित गरि मेसिन तथा औजार उत्पादन गरिएको बताए । प्रविधियुक्त यन्त्र र बहुकार्यात्मक औजार जिवनोपयोगी हुने उनको भनाई छ । उनले कोदो रोप्ने र अदुवा छोड्याउने उपकरण निर्माणको चरणमा रहेको बताए । ‘ड्रोन’को प्रयोग गरेर बा“दर धपाउने प्रविधिको विकासका लागि अनुसन्धान भइरहेको डा थापाले बताए । गण्डकी प्रदेश सरकारले बा“दर व्ययवस्थापन र घरेलु मदिरा साथै गाँजा खेतीको अनुसन्धानलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेको छ । गण्डकी विविको आविष्कार केन्द्रले बादर धपाउने मेसिन निर्माणका लागि ड्रोन प्रयोग गरि बादर धपाउने प्रविधिको थालनी गरेको छ ।
स्थानिय तहमा उपलब्ध हुने स्रोत र साधनलाई प्रयोग गरि नयाँ उत्पादन तथा बौद्धिक सम्पतिको हकलाई सुनिश्चितता गर्दै उत्पादित वस्तुको बजारीकरण र उचित व्यवस्थापन गर्ने केन्द्रको उद्देश्य छ । विविले आगामी दिनमा अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधिलाई प्रवर्द्धन गर्दै लैजाने जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर रितेश देवसहित विश्वविद्यालयका इन्जिनियर र प्राविधिकको टोली अनुसन्धान र निर्माणका काममा जुटेका छन् । इन्जिनियर सागरराज पौडेलले केन्द्रले अहिले नै नयाँ आविष्कार नगर्ने बताउदै भइरहेको प्रविधिमा नवीनता ल्याउन प्रयास गरिरहेको बताए । ‘प्रविधिको विकास अनुसार नवप्रर्वतनलाई जोड दिइरहदा, स्थानीय अनुकुलता र आवश्यकतालाई पनि ध्यान दिनुपर्छ’ उनले भने । यहाँ बनेका उपकरण बजारमा पाइने भन्दा सस्तो मूल्यमा बनेको उनले बताए ।
उत्पादन बढाएर बजारीकरण गर्न सकेमा किसानलाई ठूलो राहात मिल्ने उनको भनाई छ । विश्वविद्यालय नयाँ प्रविधि भित्रयाउन र लगानीको वातावरण निर्माण गर्न प्रतिवद्ध रहेको रजिष्ट्रार कैलाश तिमिल्सिनाले बताए । नमुना स्वरुप केही कृषि यन्त्रको निर्माण भएको बताउदै उनले परीक्षण सफल भएको दावी गरे । ‘उत्पादनको बजारीकरणका विषयमा प्रदेश सरकार लगायत सम्बन्धित निकायसंग समन्वय गरेर अगाडि बढ्छौ’ उनले भने । गण्डकी विवि प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो विश्वविद्यालय हो । २०७६ मा स्थापित यस विविमा यहाँ ३ सय ११ विद्यार्थी अध्ययनरत छन् । यहाँ हाल व्यवस्थापन, सूचना प्रविधि, कानून, औषधि विज्ञान र खेलकुद गरी स्नातक तहका पाँच कार्यक्रम सञ्चालित छन् । गण्डकीले खानी (माइनिङ) इन्जिनियरिङ अध्यापनको लागि काठामाडौं विश्वविद्यालयसंग सम्झौता गरिसकेको छ । कुलपति प्राडा गुरुङले रोवर्टमार्फत रिसर्च गर्ने मेसिनको पनि अध्यापन गराउने विषयमा छलफल भइरहेको बताएका छन् ।
गण्डकी विवि स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टिलीजेन्स र मेकानिकल इन्जिनियरिङ सुरु गर्ने तयारीमा छ । विश्वविद्यालयले नियमित विद्यार्थीलाई मात्र नभई पारिवारिक तथा अन्य कारणले पठनपाठन कार्यलाई नियमित गर्न नसकेका जोकोहीलाई पनि तालिम तथा सिप अनुसारको आविष्कार गर्नका लागि सहयोग पु¥याउने जनाएको छ । केन्द्रबाट कृषि, स्वास्थ्य, सूचना प्रविधि जस्ता विषयसंग सम्बन्धित आधुनिक उपकरण तथा औजारको विकास तथा उत्पादन गर्न सकिने इन्जिनियर पौडेलले बताए ।
घरेलु कोदोको मदिरालाई ‘ब्राण्डिङ’ गर्न विश्वविद्यालयले थालेको अनुसन्धान पनि निरन्तर चलिरहेको कुलपति गुरुङले बताए । उनले कोदोको मदिरा बनाउन प्रयोग गरिने मर्चा परीक्षणको लागि धरानस्थित प्रयोगशाला लगिएको र उक्त प्रतिवेदन साउनको अन्तिममा आउने बताए । प्रदेशका ११ वटै जिल्लाको कोदो संकलन गरिएको थियो । स्रोत, साधनको कमी नभए करिव दुई वर्षभित्र कोदोको मदिरालाई नयाँ पहिचानसहित ब्राण्डिङ गर्न सकिने उनले बताए । मदिरा जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अनुसन्धानमा समय लाग्ने उनको तर्क छ । महंगो विदेशी मदिराको आयात घटाउन पनि स्थानीय मदिरालाई ‘ब्राण्डिङ’ गरेर बजारीकरण गर्नुपर्ने आवाज उठ्ने गरेको छ ।