अपांगता परिचयपत्र पहुँचको आधारमा बाडिँयो

Share this post :

Facebook
Twitter
WhatsApp

शिक्षा सेवा आयोग, लोकसेवा आयोगले अपांगता भएका व्यक्तिको लागि कोटा छुट्याएको छ । तर, उक्त कोटाका लागि सरकारले वितरण गरेको ‘क’ र ‘ख’ वर्गको परिचयपत्र अनिवार्य छ । कोटाका आधारमा जागिर खानको लागि सामान्य अपांग भएका व्यक्तिले पनि पहुँचको आधारमा क र ख वर्गको परिचयपत्र लिने गरेको गण्डकी प्रदेश शिक्षा निर्देशक अम्विकाप्रसाद आचार्यले बताए ।
आज विहान भएको अपांगता परिचयपत्र वर्गीकरण सम्बन्धी स्थानीय तहसंग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक आचार्यले पालिकापिच्छे अपांग परिचयपत्र वितरण फरक–फरक भएको बताए । ‘हामीले सवै पालिकामा एकरुपता हुनुपर्छ भन्नेमा जोड दिएका छौ’ उनले भने, ‘पालिकामा पनि पहुँच पु¥याउने र लिने गरेको पाइन्छ । यसले सरकारले अत्ति अशक्त व्यक्तिको लागि छुट्याएको कोटाको नै दुरुपयोग भयो ।’ उनले संघिय सरकारले अपांग नमुना कार्यविधि देशभरका ७५३ वटै पालिकामा पठाएको भए पनि एकरुपता नभएको बताए ।
अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन, २०७४ र स्थानीय सरकार संचालन ऐन, २०७४ पनि एकरुपतामा जोड दिएको भए पनि व्यवहारमा फरक रहेको र कार्यविधि कार्यान्वयन नभएको बताएका थिए । संघियता कार्यान्वयन हुनुअघि महिला विकास कार्यालय र त्यसअघि जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिएका कार्ड पनि व्यवहारीक नभएको आचार्यले बताए ।
सामाजिक विकास कार्यालय कास्कीले आयोजना गरेको यस कार्यक्रममा पालिकाका प्रतिनिधी, अपांग सम्बन्धी काम गर्ने बिभिन्न संघसंस्था र अपांग भएका व्यक्तिको सहभागीता थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *