लामोसमय वैदेशीक रोजगारमा रुमलिएर नेपाल फर्किएका दीक्जक बस्याल अहिले पोखरामा इलेक्ट्रिकल व्यवसाय सुरु गरेका छन् । व्यवसाय थालेका बस्याल महिनाको तीन÷चार पटक काठमाडौ“ जान्छन् । पसलका सामान लिन काठमाडौं नै जानुपर्ने उनी बताउ“छन् । जोखिम एकतिर, महङगो भाडादर अर्कोतिर । छिटोको लागि हवाईजहाज चढ्नुपर्ने बाध्यता व्यवसायी बस्याल बताउ“छन् ।
‘फर्किदा समान हुन्छ गाडीमा आउँछु’ उनले भने, ‘छिटो जानुपर्ने त्यसैले प्लेन नै चढ्ने हो ।’ उनले समयमा जहाज नचल्ने समस्या बताउदै विमानस्थल नै अपायक रहेको बताए । पोखरामा सम्पन्न अन्र्तराष्ट्रिय विमानस्थल अपाय रहेको धारण उनको छ । ‘व्यस्त सडक, जामले बाटै पाइदैन’ बस्यालले थपे, ‘बाटोमा जादा“जादै प्लेन नै छुट्ने ।’ उनले पुरानो विमानस्थल सेन्टर (केन्द्रविन्दु)मा रहेको बताउदै जोकोहीलाई पनि पायक पर्ने बताए । ‘पुरानो विमानस्थल सवै कुराले पायक पर्ने थियो’ उनले भने, ‘एयरपोर्ट झरेपछि गाडीको समस्या नहुने । कसैलाई लिन बोलाए पनि पायक पर्ने ।’ उनले विमानस्थल अपायक स्थानमा हुँदा धेरै असहज रहेको बताए ।
अन्र्तराष्ट्रिय उडान भर्ने गरि संचालित नयाँ विमानस्थल अपायक स्थानमा भएकै कारण हवाई यात्रुले विभिन्न समस्या भोग्नुपरेको उनको भनाई थियो । पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल गत पुस १७ (जनवरी १)बाट संचालनमा आएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विमानस्थलको उद्घाटन गरेका थिए । विमानस्थल संचालनमा आएको यतिका समय भइसके पनि प्राविधिक समस्या देखाउदै अन्र्तराष्ट्रिय उडान भर्न सकेको छैन् । सरकारका पूर्व सहसचिव नरहरी बरालले अन्र्तराष्ट्रिय उडान संचालन नहुने भए आन्तरिक उडान पुरानै विमानस्थलबाट गरे यात्रुलाई सहज हुने बताए । ‘मिल्छ मिल्दैन थाहा छैन तर, पायक पर्ने स्थानको कुरा मात्र गरेको’ उनले भने, ‘यात्रु हवाईजहाज चढ्न यत्तिका भीड छिचोलेर जानुपर्ने बाध्यता छ । ट्याक्सीको ज्यादती उस्तै । विमानस्थल पुग्न खर्च हुने एक हजार रुपैयाले काठमाडौ जाने भाडा पुग्छ ।’ उनले हवाई उडानको लागि जनताबाट असहजका आवाजहरु उठ्न थालेको बताए ।
‘अन्र्तराष्ट्रिय उडान हुने भए जनताले विमानस्थल अपायक भन्दै विरोध गर्ने थिएनन’ उनले थपे, ‘यहा“ विमानस्थल बनाउन धेरै पहल गरियो । कर्मचारी भएर कास्की बस्दा धेरै चरणका फाइल उठाएको छु । आज जनता भएर सोच्न बाध्य भएकी विमानस्थल नै अपायकस्थानमा बनाइएछ ।’ उनले पचासौ वर्षपछिको उपलब्धीमा पनि खुशी नमिलेको बताए । ‘यस विमानस्थलले पोखराको व्यवसायलाई पनि समस्यामा धकेलेको छ’ उनले थपे । उनीहरुको जस्तै भनाई रेखा ताम्राकारको पनि छ । उनले हवाई यात्रा हतारको समयमा मात्र गरिने बताउदै अपायक विमानस्थलका कारण दुख र झन्झटिलो यात्रा गर्नुपर्ने बताइन् । ‘मुस्ताङचोकस्थित विमानस्थल सवैको सेन्टर हो’ उनले भनिन, ‘चाउथेमा बनेको विमानस्थल हतारमा झन् हतार हुने ।’ विमान सहजको लागि चढिने साधन रहेको उनको तर्क छ । २२ अर्वको लागतमा संचालन पोखरा अन्र्तराष्ट्रिय विमानस्थल पूर्णरुपमा संचालन नभएकाले अन्र्तराष्ट्रिय उडान नभएको बताइएको छ । विमानस्थल अनुगमन गर्न आएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले प्राविधिक काम सम्पन्न गरेपछि अन्र्तराष्ट्रिय उडान हुने बताएका थिए । उनले बाहिरी हेर्दा विमानस्थलको काम सम्पन्न भए पनि प्राविधिक काम बा“की रहेको बताउदै केही समय लाग्ने बताए ।
नागरिक उड्ययन प्राधिकरणले फेब्रुअरी २३ बाट अन्र्तराष्ट्रिय उडान गर्ने घोषण गरेको थियो । तोकिएको मितिभन्दा यतिका समय वितिसक्दा पनि कुनै एयरलाइन्सले अन्र्तराष्ट्रिय विमानस्थलबाट उडान भर्ने अनुमति लिएका छैनन् । यता, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पनि पोखरा विमानस्थलबाट अन्र्तराष्ट्रिय उडान भर्ने बताउदै यसको लागि सरकारस“ग प्रदेशले समन्वय गरेको बताएका छन् । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल गण्डकी प्रदेशकै गौरवको विषय रहेको बताउदै उनले संचालनको लागि केही समय लागे पनि अन्र्तराष्ट्रिय उडान हुने बताए । विमानस्थलका प्रमुख विक्रम गौतमले प्राविधिक समस्याका कारण केही समय लाग्ने प्रतिक्रिया दिदै आएका छन् । यसो त, विमानस्थल पुग्न र छुट्न समस्या रहेको बताउदै गाडी चलाउने व्यवस्था विमानस्थलले नै गर्ने संघीय पर्यटन मन्त्री किरातीले बताएका थिए । अन्तर्राष्ट्रिय उडान गर्न ‘एआइपी’ गरिसकेको क्यानले बताएको छ ।