अबैधरुपमा नदिजन्य वस्तु चोरी निकासी गरेका पाँच ट्याक्टर प्रहरीको नियन्त्रणमा

Share this post :

Facebook
Twitter
WhatsApp

अबैध रुपमा नदिजन्य पदार्थको चोरी निकासी गरेका ५ वटा ट्याक्टरलाई कास्की प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा महानगर–१४ बाच्छीबुडास्थित घाटबाट अवैधरुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका ग १ ख ६६०९ नं. को मिनि टिप्पर, ग १ त ५४१६ नं. को ट्याक्टर र ग १ त ७०२४ नं. को ट्याक्टर चेकजाँचको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै, पोखरा–जौवारीस्थित नौडाडाबाट पोखरातर्फ ढुङ्गा लोड गरी आउदै गरेको ग १ क ५३५३ नं. को मिनि टिप्पर र ना ७ ख ५९१ नं. को टिप्परलाई पनि प्रहरीेले नियन्त्रणमा लिएको हो । आवश्यक कारवाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *