अभद्र व्यवहार गर्ने दुई युवा प्रहरी नियन्त्रणमा

Share this post :

Facebook
Twitter
WhatsApp

सर्वसाधरणलाई अभद्र व्यवहार गर्ने दुई जना युवालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । जबर्जस्ती सवारी साधनमा चढाउन खोज्ने र उनीहरुको झोला खोस्ने गरेको आरोपमा प्रहरीले आज पोखरा महानगरपालिका–९ पृथ्वीचोक बसपार्कबाट तनहुँको व्यास नगरपालिका–१४ घर भई हाल पोखरा–९ पृथ्वीचोक बस्ने २४ वर्षिय मन्जित महरा र रौतहत गौर नगरपालिका घर भई हाल पोखरा–१३ मियाँपाटन बस्ने २४ वर्षिय अमर शाहलाई पक्राउ गरेको हो । यात्रुको इच्छाविपरीत झोला खोस्ने, मान्छे तान्ने र अभद्र व्यवहार गर्ने गरेको आरोपमा पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *