गण्डकी प्रदेश सभाका सदस्य एवं पूर्व मन्त्री पञ्चराम गुरुङले स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा रहेको अमोर सेवा बालगृहलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । एक कार्यक्रमको बीच उनले बालगृहका अध्यक्ष कमला पराजुलीलाई आर्थिक रकम हस्तान्तरण गरेका हुन् । सांसदबापत आफूले पाएको तलवबाट बालगृहलाई सहयोग गरेको उनले बताए ।
अमोर सेवा जिल्लाकै एक्लो बालगृह हो । यहाँ विभिन्न जिल्लाका साहाराविहिन ३४ जना बालबालिका रहदै आएका छन् ।
Post Views: 77